सुरक्षित आप्रवासन परियोजनाका कर्मचारीलाई अभिमुखिकरण

बाइलाइन नेपाल
२४ फाल्गुन २०७६, शनिबार १७:५४

हेटौंडा । सुरक्षित आप्रवासन परियोजना (सामी) को कर्मचारीहरुका लागि २ दिने अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारबिच भएको द्धिपक्षीय सम्झौताअनुसार एकीकृत ग्रामीण सेवा विकास, हेटौंडाको आयोजनामा कार्यक्रम भएको हो । हेल्भेट्स नेपालको प्राविधिक सहयोग तथा हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, बकैया गाउँपालिका र मनहरी गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।

स्वदेशमा नै रोजगारी गरौं वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं भन्ने मुल नाराका साथ यो परियोजना १६ डिसेम्बर २०१८ देखि १५ जुलाई २०२२ सम्म संचालन गरिएको हो ।

कर्मचारीको दायित्व र आपसमा कसरी समन्वय गरेर अगाडी बढ्ने भन्ने विषयमा जानकारी दिने उद्देश्यले २२ जनालाई अभिमुखिकरण दिईएको हो ।

देशका ३९ जिल्लाका १ सय ५६ वटा स्थानिय तहको प्रमुखको अध्यक्षतामा आप्रवासी स्रोत केन्द्र र स्थानिय सरकार परियोजना व्यवस्थापन समिति समेत रहने व्यवस्था गरिएको छ ।

त्यसैगरी, प्रदेश तहमा सामाजिक विकास मन्त्रालयको सचिवको अध्यक्षतामा परियोजना समन्वय समिति र संघीय तहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवको अध्यक्षतामा परियोजना निर्देशक समिति रहने छ ।

एकीकृत ग्रामीण विकास सेवा, हेटौंडाकी अध्यक्ष सिता विष्ट बानियाँको अध्यक्षतामा भएको समापन कार्यक्रममा सामी परियोजना कार्यक्रम अधिकृत उमा पौडेल, सामी परियोजना प्रदेश संयोजक तरुण अधिकारी, हेटौंडा उपमहानगरपालिका सामाजिक बिकास साखा प्रमुख भिम प्रसाद तिमल्सिना, वित्तिय साक्षरता संयोजक प्रविना आचार्य, आप्रवासी स्रोत केन्द्र अधिकृत अम्बिका दाहाल, मनोसामाजिक परामर्श कार्यक्रम अधिकृत विष्णु कुमारी, सामी परियोजना मकवानपुरको कार्यक्रम संयोजक अन्जिता थापा मगर, एकीकृत ग्रामीण विकास सेवाका सचिव मीन पौडेलको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*