बालुवा उद्योगलाई राक्सिराङ गाउँपालिका दियो यस्तो निर्देशन

बाइलाइन नेपाल
२४ फाल्गुन २०७६, शनिबार १३:२६

राक्सिराङ गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका बालुवा प्रशोधन उद्योगहरुलाई व्यवस्थित बनाउन निर्देशन दिएको छ ।

केहीदिन अघि स्थानीय अनुगमन समितिको अनुगमनपछि गाउँपालिकाले बालुवा उद्योगहरुलाई व्यवस्थित गर्न निर्देशन दिएको हो । जसमा राक्सिराङका जय हनुमान बालुवा उद्योग, धनलक्ष्मी बालुवा उद्योग, बज्र हनुमान बालुवा उद्योग र गंगोत्री बालुवा उद्योगलाई सुधार गर्न सुझाव दिइएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए  ।

सबै बालुवा उद्योगहरुलाई आफ्नो जग्गा क्षेत्रमा घेराबारा गर्न र उद्योगको होडिङ बोर्ड राख्न निर्देशन भएको छ । त्यसैगरी कतिपय उद्योगहरुले खोलामा धमिलो पानी फालेकाले त्यसलाई नियन्त्रण गर्न निर्देशन दिइएको छ । कतिपय बालुवा उद्योगहरुले नवीकरण समेत नगरेको भन्दै तत्काल आधिकारिक कागजपत्र बुझाउन गाउँपालिकाले निर्देशन दिएको अध्यक्ष मल्लले जानकारी दिए ।

त्यसैगरी उत्खनन्का क्रममा कतिपय ठाउँमा गहिरा खाल्डाहरु भएकाले त्यसलाई तत्कालै पुर्न र नियमानुसार उत्खनन् गर्न गाउँपालिकाले निर्देशन दिएको बताइएको छ । साभारः मनहरी लाइभबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*