भीमफेदी–कुलेखानी सुरुङमार्ग २०७७ वैशाखबाट निर्माण सुरु गरिने

बाइलाइन नेपाल
२३ फाल्गुन २०७६, शुक्रबार १३:४२

हेटौंडा । लामो समयदेखि निर्माणको चर्चा भएपनि हुन नसकेको भीमफेदी– कुलेखानी सुरुङमार्गको काम बाग्मती प्रदेश सरकारले २०७७ वैशाखबाट सुरु गर्ने भएको छ ।

प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग नामाकरण गरेर यसको निर्माणको तयारी थालेको दुई वर्ष भइसकेको छ । बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले आज भीमफेदी गाउँपालिका पुगेर सुरुङमार्ग निर्माण स्थलको निरीक्षण गगरेका छन् । सुरुङमार्गलाई बाग्मती प्रदेश सरकारले गौरवको योजनामा राखेको छ ।

प्राविधिक टोलीसहित निर्माण स्थल पुगेका मन्त्री फुयालले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणको काम २०७७ वैशाखबाट सुरु हुने जानकारी दिए । अहिले प्राविधिक अध्ययनको काम भइरहेको उल्लेख गर्दै मन्त्री फुयालले कुनै न कुनै हिसाबबाट २०७७ वैशाख १ गतेबाट सुरुङमार्गको काम सुरु गर्ने गरी मन्त्रालयले काम गरिरहेको बताए ।

सुरुङमार्गको दक्षिणतर्फको प्रवेशद्धार भीमफेदीको कोलडाँडाको फेदीमा पुगेर मन्त्री फुयालले प्राविधिक अध्ययन गरिरहेको टोलीसँग कामका बारेमा जानकारी लिएका छन् । प्राविधिक टोलीका इन्जिनियरिङ भूगर्भशास्त्री इश्वर दाहालले सुरुङमार्गको डीपीआर तयार गर्नको लागि भइरहेको प्राविधिक अध्ययनको बारेमा जानकारी गराएका थिए । भूगर्भशास्त्री दाहालले सुरुङमार्गको ५० प्रतिशत प्राविधिक अध्ययन गरी सकाएको बताए ।

भीमफेदीदेखि कुलेखानीसम्म ३ दशमलव २ सय १५ किलोमिटर सुरुङ निर्माण हुनेछ ।े डेढ महिनाभित्र सुरुङमार्गको डीपीआर तयार हुने दाहालले बताए । भूगर्भशास्त्री दाहालका अनुसार टोपोग्राफिक सर्वे, जियोलोजिकल म्यापिङ सर्वे, ड्रोन सर्वे भइरहेको छ । जियोलोजिकल सर्वे ३ दिनपछि सुरु हुने उल्लेख गरे । । सुरुङमार्गको प्राविधिक अध्ययनको लागि ४५ जना प्राविधिक खटिएका छन् ।

१० जनाले डिजाइनिङ, २० जनाले सोयल इन्भेष्टीगेशन, ५ जनाले टापोग्राफिक सर्वे, ५ जनाले जियोफिजिकल सर्वे र ५ जनाले ड्रोन सर्वे गर्ने काममा खटिएको भूगर्भशास्त्री दाहाल जानकारी दिए । ‘प्राविधिक अध्ययन सकिन अझै ४०, ५० दिन लाग्छ । अध्ययन सकिए लगत्तै प्रदेश सरकारलाई डीपीआर बुझाउँछौं –’ भूगर्भशास्त्री दाहालले भने ।

निरीक्षणमा पुर्वसंविधानसभा सदस्य अनन्त पौडेल, पुर्व जिल्ला विकास समितिका सभापति रामेश्वर राना, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, नेकपा मकवानपुरका नेता एकालाल श्रेष्ठलगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*