मकवानपुरगढी गाउँपालिकाको शिखरकटेरीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

बाइलाइन नेपाल
२१ फाल्गुन २०७६, बुधबार १९:५२

हेटौंडा। मकवानपुरगढी गाउँपालिकाको शिखरकटेरीमा यात्रु बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ना ३ ख ३५५६ नम्बरको बस मकवानपुरगढीबाट हेटौंडातर्फ आउँदै गर्दा शिखरकटेरीमा दुर्घटना भएको जनाइएको छ ।

दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परी १८ जना घाइते हुनु भएको छ । मृत्यु हुनेहरुको नाम, थर, ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घाइतेको घटनास्थलबाट उद्दार कार्य हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*