हेटौंडामा आठौं महिला उद्यमी मेला चैतमा हुने

बाइलाइन नेपाल
१८ फाल्गुन २०७६, आईतवार १५:४०

हेटौंडा। मकवानपुर उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको आयोजनामा हेटौंडामा मेला अयोजना हुने भएको छ । महिला उद्यमी कृषि, व्यापार तथा पर्यटन मेला २०७६ चैतमा हुने भएको हो।

आठौं महिला उद्यमी कृषि व्यापार तथा पर्यटन मेला चैतको १६ गते देखि २२ गतेसम्म पल्पसा सभागृह‌मा हुने आज संघमा पत्रकार सम्मेलनको आयोजना जानकारी गराएको हो। मेला भिजिट नेपालाई मध्यनजर गर्दै आयोजना गरिएको महिला उद्यमी विकास समितिका सभापति निलम वैद्यले जानकारी दिइन् ।

मेलामा विभिन्न किसिमका महिला उद्यमीका स्टल रहेन, विभिन्न प्रकारका खाने, महिलासम्बन्धी निशुल्क स्वास्थ्य शिविर , निशुल्क थ्रेडिङ, निशुल्क मेहन्दीको स्टल, प्रत्येक दिन स्थानिय कलाकारको प्रस्तुति रहने, खुल्ला नित्य, निशुल्क आँखा शिविर सहितको स्टल रहेने र प्रवेश शुल्क निःशुल्क रहेको जनाइएको छ ।

महिला उद्यमीलाई प्रोत्साहन गर्न र भ्रमण बर्षलाई सफल पार्न मेलाको आयोजना गर्न लागिएको मेला प्रचार प्रसार समिति संयोजक लक्ष्मी ढकालले बताइन। मेलामा कुल ११ लाख खर्च अनुमान गरेको आयोजकले जनाएको छ।

पत्रकार भेटघाटमा संघका पत्रकार भेटघाटमा कार्यवाहक अध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष रामप्रसाद न्यौपाने, सदस्य प्रतिमा श्रेष्ठ, राजाराम कार्की, कृष्ण प्रसाद ढुंगाना, कुलप्रसाद चौलागाईलगायत महिला उद्यमीहरुको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*