होटल सुर्यान्समा आज गजल साँझ

बाइलाइन नेपाल
१६ फाल्गुन २०७६, शुक्रबार १५:५२

हेटौंडा । हेटौंडा–१० टिसिएन रोडमा सञ्चालनमा आएको होटल सुर्यान्सले आज गजल साँझको आयोजना गरेको छ । होटलले हरेक शुक्रबार पाहुनाहरुका लागि प्रत्यक्ष गजल गायनको मज्जा लिने व्यवस्था गरेको हो ।

यसैबीच आज शुक्रबार पनि होटलले गजल साँझको आयोजना गरेको होटलका म्यानेजर नकुल गिरीले बताए । होटलको सातौं तल्लाबाट हेटौंडाको सुन्दर दृश्य अवलोकनसहित गजल गायन सुन्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । आज शुक्रबार हेटौंडेली गायक बाबु र हिरा क्षेत्रीले गजल प्रस्तुत गर्ने गिरीले बताए ।

 

शक्रबारलाई रमाईलोे बनाउदै हेटौंडा र बाहिरबाट आउने पर्यटकका लागि रेष्टुरेन्टले रुफटपमा गजल सञ्चालन गर्न लागेको होटलका म्यानेजर गिरीले बताए ।

६० जनाको सिट क्षमता रहेकोे रुफटपमा गजलकोे मज्जा लिनका लागि टेवल पहिले नै बुक गर्ने व्यवस्था रहेकोे छ । साँझ ६ बजे देखि ९ बजे सम्म गजल प्रस्तुति रहने बताईएकोे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*