बढी भार बोकेका एक दर्जनबढी भारतीय ट्रक मकवानपुर ट्राफिकको नियन्त्रणमा

बाइलाइन नेपाल
१३ फाल्गुन २०७६, मंगलवार १०:३२

हेटौंडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरले क्षमताभन्दा बढी भार लिएर नेपाल प्रवेश गरेका करीब १ दर्जन बढी भारतीय नम्बर प्लेटका मालबाहक ट्रकहरुलाई कार्वाहीका लागि नियन्त्रणमा लिएको छ ।

नेपालको भैरहवा भन्सार नाकाहुँदै बीरगञ्ज, जनकपुरसम्म कोईला लगायतको सामग्रीहरु लिएर नेपाल आएको थियो । नियन्त्रणमा लिएका सवारीहरुले जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवामा बढी भार बोकेकोमा १ हजार रुपैया मात्रै तिरेर आएको थियो । “भारबहन निर्देशिका २०७४ बमोजिम बढी भारलाई ओरालेर, भार मिलान पछि मात्रै अगाडी जान पाउने व्यवस्था” रहेकोमा सो नगरी भैरहवा ट्राफिक प्रहरीले त्यत्तिकै छोडेको थियो ।

त्यतिमात्र होईन भैरहवादेखि हेटौंडासम्म करीब २ सय किलोमिटर आउँदा समेत बाटोमा रहेका दर्जनौ प्रहरी पोष्टहरुले थाहै नपाएको देखिएको छ । नेपाल भारत पारवहन सम्झौता अनुसार टुक्र्याउन नमिल्ने र ओराल्दा बिग्रने मेशिनरी औजारबाहेक नेपालको भन्सार नाकाबाट १५ किलोमिटर भित्रसम्म पर्ने औद्योगिक कोरिडोरसम्म मात्रै मालबाहक सवारी आउन पाउने नियम रहेको छ ।

पछिल्लो समय भारतीय नम्बर प्लेटका सवारीले नै नियमविपरित नेपालका सबै स्थानमा निर्वाध रुपमा आउन जान पाउँदा नेपालका यातायात व्यवसायीहरुको व्यवसाय संकटमा परेको नारायणी यातायात व्यवसायी संघका महासचिव सरोजकुमार खनालले गुनासो गरेका छन् । उनका अनुसार नेपालको कानून बमोजिम भन्सार नाकाबाट नै भारमिलान गरेर प्रवेश गर्न दिएमा यस्तो समस्या आधा कमहुने महासचिव खनालले दाबी गरेका छन् ।

नियन्त्रणमा लिएका सवारीहरुलाई आवश्यक कारवाहीका लागि यातायात व्यवस्था कार्यालय, हेटौंडामा पठाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हरिविष्णु ढकालले जनाएका छन् । साभारः न्यूज 24  बाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*