जनजाति महासंघ बागमती गाउँपालिकाको अध्यक्षमा वाइबा

बाइलाइन नेपाल
१३ फाल्गुन २०७६, मंगलवार ०८:५७

हेटौडा । नेपाल आदिवासी जनजाति महासंघ बागमती गाउँपालिका समितिको अध्यक्षमा जयबहादुर वाइबा चयन भएका छन् । बागमती गाउँपालिकाको जनता माविमा भएको प्रथम अधिवेशनले वाइबाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा होम बहादुर थापा मगर (नेपाल मगर संघ), द्धितिय उपाध्यक्ष धन्जु माझि (नेपाल माझि उत्थान संघ), किशोर कुमार राई (किरात राई यायोक्खा), सचिव जिवन पहरी (नेपाल प्रहरी विकास संघ), कोषाध्यक्ष तिर्थ कुमारी श्रेष्ठ(नेवा देव दवु) सहसचिव अमृत कुमार भुजेल(भुजेल समाज सेवा समिति), सहसचिव पम्फा बराम (नेपाल बराम संघ) र लोकेन्द्र सुनुवार( सुनुवार ) चयन भए ।

नेपाल आदिवासी जनजाति महासंघ बागमती गाउँपालिका परिषद्का संयोजक जय बहादुर वाइबाको सभाध्यक्षता तथा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आथित्यतामा भएको हो ।

बागमती गाउँपालिकाको जनता मावि सभाहलमा भएको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै बागमती गाउँपालिका अध्यक्ष् घलानले आदिवासी जनजातिको मुद्दा उठिरहेको भन्दै हक अधिकारको कुरा उठाउनको लागि तल्लो तह सम्म पुग्न नसकेको बताए ।

विशिष्टि अथिति नेपाल तामाङ घेदुङ प्रदेश ३ का अध्यक्ष लिलाकुमार घलानले नेपाल ४ जात ३६ बर्णको फुलवारि नभई तोरि वारि भएको बताए । उनले सरकारले पेलेर गएको र सरकारले हेपेको भन्दै जनजाती एक भएर लाग्नुको विकल्प नभएको उल्लेख गरे ।

बागमती खेलकुद विकास समितिका अध्यक्ष अरुण बलले जातित्वको पहिचान हुन आवश्यक रहेको भन्दै अधिकारको लागि सबै एक हुनु जरुरी रहेको बताए । नेतृत्वको कमी भएको भन्दै अधिकार प्राप्तिको लागि सहि नेतृत्वको आवश्यक पर्ने उल्ल्ेख गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*