रामेश्वर फुँयालद्वारा पदभार ग्रहण

बाइलाइन नेपाल
५ फाल्गुन २०७६, सोमबार १८:३९

हेटौंडा । बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका रामेश्वर फुँयालले पदभार ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख विष्णु प्रसाईंबाट सपथग्रहण गरे लगतै मन्त्रालयमा पुगेर फुँयालले पदभार ग्रहण गरेका हुन् । लामो प्रयासपछि मन्त्री भएका फुँयाल मन्त्रालय पुग्दा सचिव, कर्मचारीले स्वागत गरेका थिए । उनलाई बधाई दिन नेकपा नेता तथा जनप्रतिनिधि मन्त्रालयमै पुगेका थिए ।

उनलाई बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेर माघ २९ गते नै सपथ गराउने तयारी गरिएपनि पार्टीको आन्तरिक किचलोले रोकिएको थियो ।

काठमाडौं जिल्ला क्षेत्र नम्बर ३ प्रदेशसभा २ बाट निर्वाचित फुँयाललाई मन्त्री बन्नबाट आफ्नै पाटीले रोकेको थियो । केशव स्थापितलाई बर्खास्त गरेपछि उक्त मन्त्रालय मुख्यमन्त्री पौडेलले नै सम्हाल्दै आएका थिए । मुख्यमन्त्री पौडेलले पार्टीका शिर्ष नेताहरुसँगको छलफलपछि फुयाललाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि संविधानसभाका सदस्य समेत रहेका फुँयाल पहिलोपटक मन्त्री बन्न लागेका हुन् । यसअघि गाविस अध्यक्ष, सभासद, सांसद भइसकेका फुँयाल पहिलो मन्त्री बनेका हुन् । उनि नेकपा बाग्मती प्रदेशका मुख्य सचेतक पनि हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*