मुद्दा चल्दाचल्दै सिद्धबाबा भागेकै हुन् त ?

बाइलाइन नेपाल
९ माघ २०७६, बिहीबार १७:५५

अनुयायी महिलामाथि बलात्कार गरेको मुद्दा खेपिरहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी फरार भएका छन् । प्रहरीले उपलब्ध गराएको सुरक्षा गार्डलाई फिर्ता पठाएर उनी फरार भएका हुन् । स्रोतका अनुसार उनी मोरङस्थित जोगवनी नाकाबाट भारत भागेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले सिद्धबाबालाई प्रहरीले उपलब्ध गराएको पीएसओ फिर्ता आएको पुष्टि गरे । सिद्धबाबाविरुद्ध आज उच्च अदालत विराटनगरमा पेशी थियो । पीडित महिलाले जिल्ला अदालत सुनसरीको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएकी थिइन् ।

जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई ३ लाख धरौटीमा रिहा गरेको थियो । सिद्धबाबालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै पीडित महिलाले उच्च अदालतमा रिट दायर गरेकी हुन् । सिद्धबाबाले पनि आफूलाई साधारण तारेखमा रिहा गर्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु