बाग्मती प्रदेशको राजधानी हेटौंडालाई राम्रो र हाम्रो बनाउ

हेटौंडा अन्य ठाँउको प्रदेश राजधानी सरेर प्रदेश राजधानी बनाईएको पनि होइन । प्रदेश राजधानी हेटौंडामा नै थियो हेटौंडामा नै अनुमोदन भएको छ । समय बलवान हुन्छ त्यही समयले हेटौंडालाई प्रेदशको मुकाम बनायो अहिले स्थायी भई ऐतिहासिक स्थान पनि भएको छ । यो ईतिहासका पन्नामा प्रदेश सभाका ११० सै जना प्रदेश सांसदज्युहरु पनि हुनुहुन्छ र सधै रहनु हुनेनैेछ ।
यो अवसरमा म हेटौंडालाई तीन नम्बर प्रदेशको अस्थायी राजधानीबाट बागमती प्रदेशको राजधानी बनाउनु हुने नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, बागमती प्रदेशका मुख्य मन्त्रि ज्यु, बिपक्षी दलको नेताज्यु, प्रदेश संसदहरु ज्युहरु, अस्थायी मुकाम तोक्न पहल गर्ने राप्रपाका अध्यक्ष ज्यु, लगायत हेटौंडालाई प्रदेश राजधानी बनाउने अभियानमा सहकार्य गर्नुुहुने सबैमा हार्दीक आभार व्यक्त गर्दछु ।
हेटौंडा बागमती प्रदेशको राजधानी हुने निर्णयले काठमाडौं उपत्यकाको सबैखाले चापहरुको न्युनिकरणमा पक्कै सहयोग पुग्नेछ । संघियतासंगै काठमाडौ उपत्यकामा केन्द्रित सेवासुविधाहरु बाहिर पनि छन र हुन्छन भन्ने यथार्त पनि अव सार्थक हुनेनैछ भन्ने आशा गर्न सकिन्छ ।
हेटौंडा प्रदेश राजधानी तोकिनु एउटा गौरवको विषय हो । बिशेष गरी मकवानपुरवासीहरु र हेटौंडालाई राजधानी होस भन्ने हरु खुशीहुनु स्वभाविक पनि हो । त्यसैले हिजो जे भए पनि आज हामी सबैले वनाएको बागमती प्रदेशको राजधानी हेटौंडालाई राम्रो र हाम्रो वनाउन सबै लाग्नु पर्ने आवश्यक्ता पनि छ । त्यसैले हेटौंडा राजधानी अनुमोदन भईसके पश्चात यसलाई, वास्तवमा नै राजधानी वनाउन निम्न कुराहरुमा सबैले ध्यान दिन जरुरी छ ।
–हेटौंडा देशकै सुरक्षाको कारणले पनि राजधानी भएकोले याहाँको शान्तिसुरक्षाको बिषय संवेदनशिल हो भन्ने कुरा हामीले मनन गनुपर्दछ । याँहाँ घट्ने प्रत्येक घटनाले सिंगो देशलाई तरगिंत वनाउने नै छ । त्यसैले आजैका दिनदेखि शान्ति सरक्षाका लागि बिशेष सतर्कता अपनाई अगाडि बढाउनु पर्ने भएकोले सुरक्षा निकायसंग प्रदेश सरकारले उचित व्यवस्था र समन्वय गरी अगाडी वढनु आवश्यक छ ।
–काठमाडौ आउने जाने सडकहरु जिर्न रहेका तर तुरुन्तै मर्मत गर्न समय लाग्ने हुदा नियमित अनुगमन गरी तत्काल खाल्डाखुल्डिहरुलाई नियमित रुपमा पुर्ने व्यवस्था गर्नु अवश्यक छ ।
–प्रदेश सभाका सांसदज्युहरु सबैले प्रदेश सभाको बैठक वा काममा हेटौंडा आउदा र जाँदा सुरक्षा निकायसंग समन्वय नगरी आउने जाने गर्नुभएको छ भने अबदेखी समन्वय गरेर मात्रै हिडने व्यवस्था गर्न आवश्यक छ ।
–प्रदेश राजधानीमा सबै कार्यालयहरु एकै ठाउँमा हुदा बाढी पहिरो र अन्य जोखिम पनि नहुनुका साथै सुरक्षाको व्यवस्था गर्नपनि सजिलो हुने भएकोले टिसिएन भित्र रहेको ४०० रोपनी जग्गामा सरकारी कार्यालय र सांसदहरुको आवासको व्यवस्था गर्दा एकिकृत सुरक्षा हुनेभएकोले यही जग्गामा निर्माण गर्दा उपयुक्त हुन्छ ।
– हेटौंडा वजारमा हनेगरेको सवारी जामलाई न्युनिकरण गर्न वजार नजिक बैकल्पिक पार्किङ्ग स्थलको व्यवस्था गर्न र निजि तवरमा शसुल्क पार्किङ्गको व्यवस्था गर्न प्रोत्साहीत गर्नु आवश्यक छ । ( चौलागाई जन सरोकार केन्द्र, मकवानपुरका संयोजक हुन्)