गायक रामकृष्ण ढकाल र निलमको सम्बन्ध बिच्छेद

बाइलाइन नेपाल
९ पुष २०७६, बुधबार १७:४७

काठमाडौं । गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलमबीच सम्बन्ध विच्छेद भएको छ । बुधवार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्ध विच्छेद भएको हो ।

ढकाल दम्पतीले मंगलवारमात्र जिल्ला अदालतमा सम्वन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका थिए ।

’उहाँहरुको सम्वन्ध विच्छेद भएको छ,’ जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । न्यायाधीश विदुर कोइरालाको इजलासले सम्वन्ध विच्छेदको निर्णय सुनाएको हो ।

रामकृष्ण र निलमको डेढदशक अघि प्रेम विवाह भएको थियो । उनीहरुको एक छोरी छिन् । छोरी रानी ढकाल पनि गायनमा सक्रिय छिन् ।
पाश्र्वगायनमा स्थापित गायक मानिने रामकृष्ण पछिल्लो समय स्वदेश एवं विदेशमा स्टेज गायनमा सक्रिय छन् ।

गायनको अतिरिक्त चलचित्र आशिर्वादमा अभिनय समेत गरेका रामकृष्ण प्राय आफ्नो गीतमा आफै मोडलिङ गर्छन् । उनले केही भिडियोमा निलमलाई पनि मोडलिङ गराएका थिए । ललितपुरमा रहेको एक सहकारीसंग आर्थिक विवादमा समेत परेका ढकालका दर्जनौ गीत चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु