‘दि कर्मा’ टीजर : बोल्ड अवतारमा परमिता

बाइलाइन नेपाल
१ पुष २०७६, मंगलवार १२:१७

काठमाडौं । आउदो १७ माघबाट देशभर रिलिजको तयारीमा रहेको फिल्म ‘दि कर्मा’को अफिसियल टीजर सार्वजनिक भएको छ । टीजरमा अभिनेत्रीद्वय परमिता राज्यलक्ष्मी राणा र नीता ढुङ्गाना, करण वर्मा र बुद्धी तामाङ देखिएका छन् ।

टिजरमा अभिनेत्री राणा बोल्ड अवतारमा समेत देखिएकी छन् ।

देवकुमार श्रेष्ठको निर्देशन रहेको फिल्म जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।

फिल्मको कथा निर्माता जय राज राय आफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल.र निशा खतिवडा निर्माताको रुपमा रहेका छन् ।

तराईका भूभागमा छायाँकन भएको फिल्ममा करण, नीता, परमिता, बुद्दीको अलवा देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारको अभिनय रहेको छ ।

https://youtu.be/b4XSFXXvQPo

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु