क्रान्तिकारी, देश र कालापानी

क्रान्तिकारी भन्ने बित्तिकै केही व्यक्ति तिलमिलाउँछन् । क्रान्तिकारी कसलाई भनिन्छ ? यहाँ रामचन्द्र पौडेलको छोरी पनि क्रान्तिकारी हुन सक्छ । कमल थापा, गणेश थापाको छोराछोरी पनि क्रान्तिकारी हुन सक्छन् । क्रान्तिकारी कस्तालाई भनिन्छ ? गणेश थापा, दीपक सिंहका छोराछोरीले क्रान्तिकारी हुन नपाउने ? हिजो क्रान्तिकारी हुनेका छोराछोरी मात्र क्रान्तिकारी हुने हो त ? त्यसो त होइन होला ।
कमल थापा कुलिन वर्गमा हुन् भने भीमबहादुर भोम्जन जो मकवानपुर जिल्लाको दामनकै हुन् । गरिब वर्गका हुन् । यो थाहा दर्शनका प्रवर्तक रुपचन्द्र विष्टको भनाई हो कि । गरिब वर्गको व्यक्ति कुलिन वर्गको प्रतिनितित्व गर्दछ । कुलिन वर्गको व्यक्ति गरिब वर्गको प्रतिनिधित्व गर्दछ । रुपचन्द्र विष्ट कुलिन वर्गको भइकन पनि गरिब वर्गको किन भए त ? यस्तो किन हुन्छ त भन्ने प्रश्न छ । त्यस बारे छुट्टै लेख लेखौला ।
नेपालका सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओली स्वास्थ्य समस्या हुनुहुन्छ । उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु । उहाँले लामो राजनैतिक इतिहास बिताउनु भएको छ । उहाँको धेरै इतिहास त मलाई थाहा छैन तापनि रुपचन्द्र विष्ट र उहाँ सँगै जेल पर्दाको केही कुरा थाहा पुस्तकमा रहेको छ । रुपचन्द्र विष्टको स्मरणमा प्रकाशित एक पुस्तक थाहा किताब प्रकाशित भएको छ ।
त्यसमा वर्तमान प्रधानमन्त्री केपि शर्मा ओली ज्यूको मन्तव्य वा रुपचन्द्र विष्टका सम्बन्धमा आफ्ना भनाई राख्नु भएको छ । त्यस्तै त्यस पुस्तकमा लोकेन्दबहादुर चन्द, माधवकुमार नेपाल, पदमरत्न तुलाधर लगायतका व्यक्तित्वहरुले स्मरण मन्तव्य राख्नु भएको छ । रुपचन्द्र विष्टले पत्याउने व्यक्तिमा पदमरत्न तुलाधर र हालका प्रधानमन्त्री केपि शर्मा ओली समेत पर्नु हुन्छ । मनहरी गाऊँपालिकाका वर्तमान अध्यक्ष एकराज उप्रेती ज्युले प्रधामन्त्री केपिशर्मा ओली, रुपचन्द्र विष्ट, आफ्नो र अर्का २ जनाको फोटो बेलाबेलामा अपलोड गरेको पाईन्छ ।
यसको मतलब अहिलेका प्रधानमन्त्रीज्यु र रुपचन्द्र विष्टको के सम्बन्ध थियो भन्ने झल्कन्छ भन्ने लाग्छ । म यो किन भनिरहेको छु भन्दा नाकाबन्दी हुँदा अहिलेका प्रधानमन्त्री त्यो बेलामा पनि प्रधानमन्त्री हुनुहुन्थ्यो । नेपालीको शिर ठाडो पार्नु भयो । संविधान जारी नगर्नु १५ दिन पर्खनु भनेर हालका भारतीय विदेशमन्त्री एसके जयशंकरले नेपालमा हस्तक्षेप गर्न आउँदा उनको कुरा नमानी संविधान जारि भएको अवस्था हो ।
किन भारतको कुरा मानिएन, होला । मानेको भए हुन्थ्यो नि, कम्तीमा नाकाबन्दी त व्यहोर्नु पर्ने थिएन । एक हजारमा एक लिटर पेट्रोल हाल्नु प¥यो हामीले । वीरगंजबाट उतैको मानिसले मोटर साईकलमा एक ट्याकी तेल ल्याउथे । यहाँ खन्याएर जान्थे । यि कुरा भन्ने हो भनी साध्य छैन । चीनले दिएको डिजल, पेट्रोल समेत हामीले ल्याउन सकेनौ, अरु कुरा के गर्नु ।
खैर, प्रधानमन्त्रीको स्वास्थ्य कसरी राम्रो हुन्छ होस् र हुन पर्दछ । उहाँ नेपालको एक सच्चा देशभक्त हो । यसमा कुनै शंका छ भने र कसैले भन्छ भने भनोस् । किनभने हामीले रानी ऐश्वर्यलाई पम्फादेवी भन्यौ, भन्ना लगायो । किन भन्न लगायो त भन्ने प्रश्न छ । उनी एक सच्चा देशभक्त थिईन् । भारतले नेपाल खान खोजी रहेको थियो र अहिले पनि खान खोजिरहेको छ । उनीले पशुपतिशम्ंसेर राणको छोरी जो भारतीय भान्जी हुन् । आफ्नो छोरा दीपेन्द्र विक्रम शाहलाई विवाह गर्न नमानेको पक्कै हो । किन नमानेको त भन्दा विवाह ग¥यो भने भारतले भनेको मान्नु पर्छ । दरवारमा भारतीय प्रवेश हुनेछ भन्ने थियो । यही नमानेको र अन्य ईत्यादी कारणले दरवार हत्याकाण्ड भयो । भारतले यस्ता अनेक काण्ड गरेको छ नेपालमा । मदनभण्डारी हत्या काण्ड यस्तै उदाहरण हो ।
नेपालको संविधान जारी गर्दाका प्रधानमन्त्री सुशिल कोईराला हुनुहुन्छ । उहाँलाई संविधान जारी गर्न केही समय रोक्नु भनि भारतले भनेको हो । उहाँले मान्नु भएन, अर्थात नेपालका सच्चा राजनैतिक नेताले भारतको षड्यन्त्र थाहा पाएर उसको कुरा नसुनी संविधान जारी भयो । सुशिल कोइरालाको विवाह पनि नभएको र उनको माया गर्ने कोही नहुँदा उहाँ बसेको डेरा घरमा नै उहाँको अकाल मृत्यु भयो । त्यो मृत्यु बारे न सम्बन्धित दलले खोजी ग¥यो न त अर्को कसैले । किन गरेन् ? सबै बिकी सकेका थिए । पद आफुले पाउने भएपछि स्वार्थमा कसैले खोजी गरेन । त यो पद अहिलेका सभापति शेरवहादुर देउवालाई आई लाग्यो । उहाँले नै महाकाली संन्धिमा सहि गर्नुभयो कुरा बुझ्नुहोस् । अहिले भिडियोमा आऊँछ उहाँको भनाई ।
उहाँंले के भन्ने भएको छ थाहा छ ? म भन्छु के रे भने–नेपालमा नारा लगाई रहेका थिए । महाकाली सन्धी नगर भनिरहेको थिए । नेपालीले उहाँले सहि गरेर आउनुभयो । अनि उहाँले भन्नु भयो नेपाल आएर ल कराएर हुन्छ मैले सहि गरेर आई सके यहाँ कराउँदा रहेछन् । यस्तो हाल थियो देशको । उता गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री पाएपछि भारत गएर महाकाली नदि साझा हो, पानी आधाआधा हो भनि सक्नु भएछ । सहि त केकेमा गरे नेपालमा भन्नु पर्ने होइन ।
राज ठिक हुन् कि त भनेको । किर्तिनिधि विष्ट प्रधानमन्त्री २०१८ साल अर्थात स्न १९६२ ताका चीन र भारत बीच लडाई भयो । २०१७ साल पौष १ गते कांग्रेसको बहुदल राजाले खाई दिए । किन खाएछन् भनेको भारतले भनेछ राजा महेन्द्रलाई त चुप लाग तैले बहुदल खाएको ठिक छ तर महाकाली वारी नेपाल तर्फ भारतीय सेना चिनसँगको लडाई सकेर कालापानीमा आएर बसेछ त्रिपाल हालेर सुरुमा ।
अनि किर्तिनिधि विष्टले राजालाई भनेछन् । महाराज कालापानीमा त भारतको सेना पाल हालेर बसेको छ रे के गर्ने ? हटाउ महाराज भनेछन् । राजासँग भारतको कुरा भइसकेको रहेछ । त चुप लाग, यस्तो कुरा गरिस् भने त आफै प्रधानबाट हट्छस् । यत्ति भनेपछि किर्तिनिधि चुप । अहिले राजा त छैन नेपालमा । जनताका छोराछोरी देशका प्रमुख बनेका छन् ।
प्रधानमन्त्रीजीले कालापानी हाम्रो हो, सबै फिर्ता हुन्छ भन्नुभएको छ । यो भुमि जसले फिर्ता गर्छ त्यो भीमसेन थापा, अमरसिंह थापा, बहादुुर शाह, भक्ति थापा जस्ता सपुतले खेलेको भूमिका हुनेछ । जनता भनिरहेका छन् । ढिलो चाँढो हामी र नेपाल कै हुने हो भर छैन भन्ने चिन्ता व्यक्त गरेको पाईन्छ । जनता पनि त्यस्तै छन् । नेताको विश्वास छैन । अब कसले विश्वास दिलाउँछ । आखिर जनताको तर्फबाट प्रतिनिधि बनेको व्यक्ति नै देशभक्त हुने हो । भियतनाम, चिन, कम्वोडिया, श्रीलंका जस्ता देश छन् के त्यहाँ राजा छ त नभएपनि देश बचेको छ । देश जनताले बचाउने हो । नेताको संरक्षण जनताले गर्ने हो ।
नेताले देशको असल नेतृत्व गर्ने हो, अरु कुनै विकल्प छैन । सिमा मिचेको बारे नेपालीले राष्ट्रियता प्रदर्शन गरेको हो । गीत गाएको छ । जुलुल गरेको छ । जनताले गर्ने त्यही हो । नेता र नेतृत्वले सहि निर्णय गर्ने हो । कुनै हालतमा भुमि फिर्ता हुन पर्छ । बरु नेपालीले कुन संघर्ष गर्न पर्छ गर्नेछ । इमान्दारीको खाँचो छ ।
उता कोही पत्रकार लैनचौरमा भोज खाई रहेको हुन्छ रे कोही पत्रकार कालापानीका राष्ट्रिय झण्डा गाड्ने, सिमा पिल्लरमा जाने गरिहेकको पाईन्छ । अब के भनु । यस्तै छ यहाँ । यस्तो नहोस् राष्ट्र बचे मात्र हामी नेपाली भइरहन पाउने छौ । सिक्किमका जनताले अब सिक्किम देश भन्न पाउने अवस्था छैन । दार्जलिङ्गले भारत भन्नु परेको छ । भुटानले भुटान भने पनि स्वाधिन छैन । नेपालको छुट्टै पहिचान छ । त्यो पहिचान सधै रहोस् जय देश, जय जनता ।