यौन शोषणको आरोप खेपेका अनु मलिकको ठाउँमा अब हिमेश रेशमिया

एजेन्सी, संगीतकार अनु मलिक टेलिभिजनको लोकप्रिय रियालीटी शो ‘इन्डियन आइडल’को सिजन ११ मा नफर्कने खबर सार्वजनिक भएसँगै शोमा हिमेश रेशमियाको ‘इन्ट्रि’ भएको छ ।
यसअघि अनु मलिकले शोबाट आफूले तीन हप्ताको ब्रेक लिएको बताएका थिए ।
बिहीबार गायिका सोना महापात्राले महिला तथा बालबालिका विकास मन्त्री स्मृति ईरानीलाई खुल्ला पत्र लेखेर अनु मलिकको यौन शोषणको विषयमा आवाज उठाउन आग्रह गरेकी थिइन् । त्यसपछि राष्ट्रिय महिला आयोगले उक्त विषयमा चासो देखाएको थियो । आयोगले सोनी टेलिभिजनसँग स्पष्टिकरण मागेको थियो ।
आयोगले सोनी इन्टरटेनमेन्ट टेलिभिजनका अध्यक्ष रोहित गुप्तालाई सूचना जारी गर्दै मलिकलाई शोबाट निकाल्न आग्रह गरेको थियो ।
दैनिक भास्करमा यसअघि नै अब अनु मलिक उक्त शोमा नफर्किने बताइएको थियो । सोनी टेलिभिजनले अनु मलिक शोमा नफर्किने जानकारी दिएको उल्लेख गरिएको छ ।