१६ दिने अभियान अन्र्तगत कविता वाचन र अन्र्तक्रिया

बाइलाइन नेपाल
१४ मंसिर २०७६, शनिबार १९:५४

हेटौंडा । लैगिक हिंसा विरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्र्तगत छैठौ दिन हेटौंडामा कविता वाचन तथा अन्र्तक्रिया कार्यक्रम भएको छ । महिला साहित्यकारहरुको साझा संस्था आँचल साहित्य कला पुञ्जको आयोजनामा ककविता वाचन तथा अन्र्तक्रिया कार्यक्रम भएको हो ।

साहित्य संगमको सभाहलमा भएको कार्यक्रममा कविता मार्फत् साहित्यकारहरुले महिला हिंसाको अन्त्य गर्नुपर्ने खबरदारी गरेका थिए । आँचलकी कार्यवाक अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षता तथा अधिवक्ता ललिता श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रमको अतिथिमा साहित्य संगमका अध्यक्ष निमेष निखिल, आँचलकी संस्थापक अध्यक्ष मुना अर्याल, अग्रज साहित्यकार तुल्सी घिमिरे, सिस्नुपानी मकवानपुरका अध्यक्ष गणेश पौडल, साहित्यका सरिता दाहाल, सुवास खनाल रहेका थिए ।

कार्यक्रममा डीबी बर्तौला, सानुबाबु खनाल, माधव भण्डारी, तिमल्सिना, गंगा सापकोटा, सविता तिमल्सिना, गोपिनी गौतम, मसान उपासक, लक्ष्मी विश्वकर्मा, ववी थापा, रञ्जिता डंगोल, शुभलक्ष्मी विकलगायतले रचना वाचन गरेका थिए । कार्यक्रमको संयोजक गंगा सापकोटा रहेकी थिइन् ।

जिल्ला समन्वय समितिका उपाध्यक्ष भगवती पुडासैनीको संयोजकत्वमा मुल समारोह समिति गठन गरेर १६ दिने अभियानमा विविध जनचेजननामूलक कार्यक्रमको आयोजना भइहरेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु