बलिउडमा सबैभन्दा धेरै स्क्रिन पाउँदै ‘दबङ्–३’, ५४ सय स्क्रिन पाउने

काठमाडौं । बलिउड स्टार सलमान खान अभिनित चलचित्र ‘दबङ्–३’ले सबैभन्दा धेरै स्क्रिन पाउने भएको छ । डिसेम्बर–२० मा रिलिज हुने चलचित्रले घरेलु बक्सअफिसमा ५४ सय स्क्रिन पाउने भएको छ ।
‘दबङ्–३’ले घरेलु बक्सअफिसमा ५४ सय स्क्रिन पायो भने यो अहिलेसम्मकै सबैभन्दा धेरै स्क्रिन पाउने चलचित्र बन्ने छ । ‘ठग्स अफ हिन्दोस्तान’ले ५ हजार स्क्रिन पाएको थियो ।
‘दबङ्–३’ले बलिउड बाहिर १६ सय स्क्रिन पाउने भारतीय सञ्चार माध्यमहरुले जनााएका छन् । प्रभु देवाले निर्देशन गरेको ‘दबङ्–३’मा सलमान सँगै सोनाक्षी सिन्हा, सुदीप किच्चा, सई मंजेकर, अरबाज खानलगायत कलाकारको मुख्य भूमिकामा छन् ।