भैरव स्मृति सम्मानबाट शाक्य सम्मानित

बाइलाइन नेपाल
७ मंसिर २०७६, शनिबार १९:०५

हेटौंडा । साहित्य संगम मकवानपुर र सिस्नुपानी नेपालले वर्षेनी प्रदान गर्दै आएको भैरव स्मृति सम्मान–२०७५ बाट माणिकरत्न शाक्य सम्मनित भएका छन् ।

शनिबार हेटौंडामा भएको विशेष साहित्यिक कार्यक्रममा शाक्यलाई सम्मानित गरिएको हो । हास्यव्याङ्ग्य साहित्य लेखन, संकलन, सम्पादन, प्रचारप्रसार र प्रवद्र्धनमा लामो समयदेखि क्रियाशिल रहेको भन्दै सम्मान गरेको हो । उनलाई सम्मानपत्रसहित नगद २१ हजार प्रदान गरिएको थियो । सम्मानपत्र कार्यक्रमका प्रमुख अतिथि साहित्यकार गोविन्दराज विनिोदीले सम्मानपत्र प्रदान गरेका थिए ।

साहित्य संगम र हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरेको पुष्पलाल स्मृति पुस्तकालय प्राङ्गणमा स्थापना गरिएको भैरव अर्यालयको प्रतिमा स्थलमा कार्यक्रम आयोजना गरिएको थियाो । अर्यालको प्रतिमामा माल्र्यापर्ण गरेर सुरु भएको कार्यक्रममा हास्यव्याग्यकार आरसी रिजाल र राजकुमार लामिछानेले नाटक प्रस्तुत गरेका थिए । सम्मानित व्यक्ति शाक्यको व्यक्तित्व र कृतित्वको बारेमा आरसी रिजालले जानकारी गराएका थिए ।

सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष गणेश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार विनोदी, डम्बर घिमिरे, निमेष निखिल, घनश्याम घिमिरेलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा हास्यव्याग्य रचना पनि वाचन गरिएको थियो ।

यसअघि यो सम्मानबाट ९ जना हास्यक्षेत्रमा क्रियाशिल साहित्यकार सम्मानित भइसकेका छन् । सम्मान स्थापना भएको वर्ष २०६५ मा पोखराका चुडामणि खनाल, २०६६ मा स्याङजाकी गायत्री परिरोशनी, २०६७ मा झापाका चुडामणि रेग्मी, २०६८ मा काठमाडौंका नरनाथ लुईंटेल, २०६९ मा काठमाडौंका चट्याङ मास्टर र २०७० मा बासुदेव गुरागाईं ( पिँडालु पण्डित) लाई प्रदान गरिएको थियो ।

यसैगरी २०७१ मा सम्मानको राशी भूकम्पबाट प्रभावित साहित्यकारलाई प्रदान गरिएको थियो । २०७२ मा मनोज गजुरेल, २०७३ मा सिताराम कट्टेल( धुर्मुस), २०७४ मा मकवानपुरका राजकुमार लामिछानेलाई प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*