सांसद बानियाँद्वारा १३ योजनामा ३ करोडको बाँडफाँड

बाइलाइन नेपाल
२५ कार्तिक २०७६, सोमबार २०:०६

हेटौँडा । ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगतका योजना बाँडफाँड गरेका छन् । बानियाँको संयोजकत्वमा बसेको बैठकले मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत  ३ करोड रुपैँयाको १३ वटा योजना बाँडफाँड गरेको हो ।

बैठकले ४ वटा योजना ५०/५० लाख रुपैँयाको र ८ वटा योजना १० लाख र एउटा २० लाख रुपैँयाको रुपैँयाको बाँडफाँड गरेको
छ । बैठकले कैलाश गाउँपालिका वडा नम्बर २ को बैकुण्ठ–खोलाखर्क–छ्याङ्दुङ सडक स्तरोन्नति, मनहरी गाउँपालिका वडा नम्बर ९ मा रहेको अग्निहोत्रा आश्रम भवन निर्माण, राक्सिरा गाउँपालिका वडा नमबर ५ को बोटवारी परेवाभिर जोड्ने सडक र मनहरी गाउँपालिका वडा नम्बर ५ को दरदरा बसन्तपुर सडकका लागि ५०/५० लाख रुपैँया बजेट बाँडफाँड गरेको छ । हेटौँडा–१९ को डोदोन छोईलिङ बौद्ध गुम्बा पूर्वाधार निर्माणका लागि २० लाख रुपैंया बाँडफाड भएको छ ।

त्यसैगरी, हेटौँडा–१९ को शेर–शेर डुमारे सडक, हेटौँडा–१९ कै लेवट लेखपाति ज्यामिरे जोड्ने सडक, मनहरी गाउँपालिका वडा नम्बर ७ को पेमा छोईलिङ बौद्ध विहार गुम्बा पूर्वाधार निर्माण, कैलाश गाउँपालिका वडा नम्बर ४ को बेलटार–धुस्राङ–गरखाल मोटरबाटो स्तारोन्नतिका लागि १०/१० लाख बाँडफाँड गरेको छ । योजनाहरु चालु आर्थिक बर्ष २०७६/०७७ मा कार्यान्वयन हुनेछन् ।

बैठकले राक्सिराङ गाउँपालिका वडा नम्बर ९ को तर्लिङताल्ती सडक ट्रयाक खोल्ने कार्य, मनहरी गाउँपालिका वडा नम्बर ९ को सुवेदी टोल खानेपानी आयोजना, मनहरी गाउँपालिका वडा नम्बर ५ को वण्डेश्वर महादेव मन्दिर पूर्वाधार निर्माण र हेटौँडा–३ को फडिङचोक सिंचाई आयोजनाका लागि १०/१० लाख रुपैँया बाँडफाँड गरेको छ ।

प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँको संयोजकत्वमा बसेको बैठकमा प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ, ओम घलान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेति, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मुक्तान, जिल्ला समन्वय अधिकारी कपिलप्रसाद उपाध्यायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु