स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रममा थाहालाई ८५ लाख

बाइलाइन नेपाल
२५ कार्तिक २०७६, सोमबार १९:४१

हेटौंडा । प्रतिनिधिसभा सदस्यको सिफारिसमा कार्यान्वयन हुने स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमकाको बजेट सिफारिसका क्रममा थाहा नगरपालिकाले ८५ लाख रुपियाँको योजना पाएको छ ।

प्रतिनिधिसभा सदस्य विरोध खतिवडा अन्र्तगतको कार्यक्रममा थाहा नगरपालिकाले ५० लाखको एउटा योजना सहित चार वटा योजना पाएको हो । नगरपालिकाले वडा नम्बर ६ मा बन्ने बज्रवाराही पार्कका लागि ५० लाख रुपियाँ पाएको छ भने थाहा–८ को बुद्ध मावि जाने सडकका लागि १० लाख बजेट छुट्याइएको छ ।

त्यस्तै मुलाबारी विभूति पार्क थाहा–६, ११ र १२ का लागि १० लाख, थाहा नगरपालिकाको वडा नम्बर १० जाने बाटो टौखेलका लागि १० लाख रुपियाँ विनियोजन गरिएको छ । विस्तृत परियोजना प्रस्ताव समेत तयार भई निर्माण थालनी गरिएको बज्रवाराही पार्क वाराही मन्दिरको माथिल्लो र तल्लो क्षेत्रमा निर्माण हुने वडा अध्यक्ष शशीधर सुवेदीले जानकारी दिए ।

संसाद खतिवडाका अनुसार ५० लाख लगानीका ६ वटा ठूला योजनाहरु सिफारिस भएका छन् । जसमध्ये मनहरी गाउँपालिका वडा नं ५ को डिल्लीपुर बसन्तपुर सडक निर्माणका लागि ५० लाख बिनियोजन भएको छ । त्यसैगरी इन्द्रसरोवर गाउँपालिका को बज्रमाठ–सिकारी गाउँ–महाचुनी मन्दिर–कोदोखोरिया–मागेपौवा सडकका लागि ५० लाख, दुंगु–परेवाभीर सडकलाई ५० लाख, मानेडाँडा–हलबारी–अल्छे–कप्सरी सडकलाई ५० लाख, बज्रबाराही पार्क निर्माणलाई ५० लाख, उपल्लो सुपिङ बृहद् खानेपानी योजनाका लागि ५० लाख, बिनियोजन भएको छ ।

मनहरी गाउँपालिकामा ५ वटा योजना, भीमफेदीमा ३ वटा, हेटौँडा उपमहानगरपालिकामा २ वटा, थाहानगरपालिकामा ४ वटा, कैलाश गाउँपालिकामा ४ वटा, मकवानपुरगढीमा २ वटा, इन्द्रसरोवर गाउँपालिकामा २ वटा र राक्सिराङ गाउँपालिकामा ४ वटा योजनाहरु सिफारिस भएका छन् ।

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं २ अन्तर्गत पर्ने गाउँपालिका र नगरपालिकाका वडाहरुलाई लक्षित गरी स्वास्थ्य, शिक्षा, खानेपानी, भौतिक पूर्वाधार निर्माण, पर्यटन लगायत क्षेत्रलाई समेटर बजेट बिनियोजन भएको सांसद खतिवडाले जानकारी दिए । ‘स्थानीय सरकारका प्रमुखहरुसँगको छलफल र समन्वयबाटै बजेट बाँडफाँट गरिएको हो’, सांसद खतिवडाले भने ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु