सरकार हिक्मत छ, नयाँ नक्सा जारी गर्ने ?

देवी गौतम
२५ कार्तिक २०७६, सोमबार १४:१२

देशमा बेलाबेलामा अनेक घटनाले चर्चा पाउँछ । अहिले नेपाल राष्ट्रको सिमा बारे सबै नेपाली संघर्ष गर्न तम्सेको देखिन्छ । म हेटौँडामा छु । कोही काठमाडाँैमा छन् । कोही विद्यालयमा पढाई रहेका छन् । कोही धान काटिरहेका होलान् । विद्यालय, क्याम्पसका विद्यार्थी कालापानी हाम्रो हो भन्दै सडकमा नारा लगाइरहेका छन् ।

प्रधानमन्त्रीले देशभर नारा लगाएको थाहा पाएपछि सर्वपक्षिय बैठक बोलाएको समाचारमा थाहा पाएका छौ । त्यो सर्बपक्षिय बैठकमा कस कसले केके भने थाहा पाउन सकिएको छैन । पूर्वप्राधानहरुले बाहिर आएर केही कुरा भनेको पाइयो । प्रधानमन्त्रीलाई सुझाव दिएको सुनियो । के सुझाव दिए होलान् तिनले ? हामीले नेपाल बारे पहिले पनि लेखमा धारणा राख्दै आएका छौ । हाम्रा पूर्खाले आर्जेको राष्ट्र भनि कविता, कथा, ईतिहास, गीत अनेक प्रकारले प्रचार गरिएकोमा कुनै कमि छैन । तैपनि भारतले नेपालमाथि आँखा गाड्न छाडेको छैन् ।

यो कालापानी भन्ने ठाउँ दार्चुला जिल्ला हुनपर्छ । नेपाल भारत र चिनको सिमाना लिम्पियाधुरा हामीले भनिरहेका छौ । कालापानीको भुभाग बारे लेखक अनेक आन्दोलनमा गएकै हो । कुनै लछारपाटो आजसम्म लागेको छैन् । विद्यार्थीहरु संघर्षमा आउँदा अहिले उदेक लाग्छ । जनताका छोराछोरी किन यसरी सडकमा आउँछन् जस्तो लाग्छ । कतै नेताको विकास गर्न मात्र हो कि जस्तो लाग्छ । पहिलापहिलको आन्दोलनमा आउने विद्यार्थी अहिले यसै जिल्लाम पनि सांसद होलान् । तर कालापानी कहिल्यै नेपालको अधिनमा आएन् । हुँदाहुँदा अहिले भारतले कास्मिरको बारेमा संविधानमा भएको व्यवस्था खारेज गरेपछि कास्मिरमा समस्या
आयो । भारतले त्यसकै वाहानामा नयाँ राजनीतिक नक्सा प्रकाशित ग¥यो ।

भारतका सैनिक जनरल मेहताले भनिसके, नक्सा फेरिदैन, नेपालले पनि निकाल्नु, अनि मुद्दा पर्छ । मुद्दा परेपछि छिनोफानो हुन्छ भनिसकेका छन् । अब नेपालले लिम्पीयाधुरालाई केन्द्र मानेर नक्सा निकाल्नु पर्छ । अन िविवाद हुन्छ । अन्तराष्ट्रियकरण गर्नुपर्छ । प्रमाणका आधारमा फैसला हुन्छ । अनि त्यो भुभाग नेपालको फिर्ता हुनेछ । यहाँ कराएर केही हुने छैन । कराउन त कराउनु पर्छ । म कराएको थिए नि, भनि तरुणहरु पनि कराए जस्तो गर्दछन् । तर हिजो सिमामा वाईसिएलका केन्द्रीय नेता भारतले हत्या गरेको सबैले भुले होलान् ।

यहि मौका पारेर भारत चिन बिच लडाई हुँदा फर्केर आएको सेना काली नलि वारी आएर कालापानीमा बन्कर बनाएर बस्यो । त्यही बन्कर बनाएर बसेको भुभागलाई कालापानी भनिन्छ । त्यो भारतीय सेनाले काली नदि आफु बसे भन्दा पूर्वमा सा¥यो । लिपुलेक लिम्पीयाधुरा भन्दा पूर्वमा र काली नदि कुटितर्फ सारेर सानो खोलालाई नै काली नदी भन्दै नेपालको भुभाग भारत तर्फ राखि नयाँ नक्सा निकाले पछि अब किटान साथ नेपालको भुभाग भारततर्फ गएको छ । त्यहाँ नेपालको ७ गाऊँ परेको छ । चाहे जति जनसंख्या होस् ७ गाऊँ मध्ये सेना बसे भन्दा उत्तै ५ गाऊँका नेपाली भारतीय कार्ड लिई भारतीय भन्न थालेको छ भने २ गाऊँ नेपाली नै छन् । तर तिनीहरु त्यहाँ जान समेत नाम लेखाउन पर्छ । त्यहाँको जनताको समस्या यती छ नि भनि साध्य छैन । यो राज्य मुकदर्शक भएर बसेको छ । त्यहाँका नागरिकले नेपाली हुँ भन्न समेत सकेका छैनन् आजसम्मका सरकारका कारण ।

त्यो पिडामा परेका त्यहाँका जनतालाई हामी अन्य भुभागमा बसेका जनताले मलम लगाउनु पर्दथ्यो । एक रुपैयाँ उठाएर दिन सकिएन्, राज्यले बाटो बनाई दिएको छैन । नुन पुर्याएको छैन । भारतले ७ रुपैयाँमा गहुँको पिठो पुर्याएको छ । अनि उनिहरुले हामी नेपाली कसरी भन्नु ? म भारतीय भन्न वाध्य छन् । जुलुसमा गएका नेपालीले एक रुपैयाँ उठाएर सरकारलाई दिउँ त्यो रकमले बाटो खनि दिऊँन । यहाँ उठाएको रकम ठेकदार, नेता, कर्मचारीले खाई दिन्छन् । विदेशीलाई पनि विश्वास छैन् । विदेशीले भुकम्पको कारण भत्किएको विद्यालय बनाउन पैसा दिएन, आफै आएर बनायो । यस्तो किन गरेको होला ? हामीलाई लाज नै छैन । घिन लाग्छ ।

नेपालमा जति प्रधानमन्त्री भए यतातिर पहिले हेर्नुपर्छ । त्यो पहिले बनेको प्रधानमन्त्री भारत सरकारसँग चुइक्क सम्म बोल्न नसक्ने । किन होला भनि हेर्न प¥यो । किनकी त्यो प्रधानमन्त्री नै भारतले बनाउने गर्दथ्यो । यो कुरा होईन कसैले भन्यो भने म बहस गर्न तयार छु । नेपाली जनताको प्रधानमन्त्री नबन्दा यो समस्या हल नभएको हो । अहिलेको सरकारले यो समस्या समाधान गरेन भने त्यो पनि जनताले हेर्ला । अनि कुन सरकार बन्दा यो भुमि नेपालले फिर्ता पाऊँला तयो हेरौंला ।

भनिन्छ यो घटनालाई २०१७ सालतिर पनि फर्केर हेर्नुपर्छ । कांग्रेसको दुई तिहाईको सरकार राजा महेन्द्रले कसरी च्युत गरे होलान् । त्यो बारे अहिले न त काग्रेसले स्पष्ट भन्छ न त कम्युनिष्टले । बजारमा सुनिए अनुसार राजा र भारतले बहुदलिय व्यवस्थासँग कालापानी साटेको रे । यत्ती भएपछि राजा पनि त साटासाट गर्दा रहेछन् सत्ता । अनि कमल थापा, लोकेन्द्रबहादुर, सूर्यबहादुर आदि ईत्यादी कसले बनाउँदो रहेछ भन्ने स्पष्ट हुन्छ । यो पनि हैन नेपालीले नै बनाएको कसैले भन्छ भने पनि भनोस् तर कुरा प्रष्ट छ । अब यहाँ भन्दा कत्ति भन्नु । बुझ्नेलाई … नबुझ्नेलाई …. के भने जस्तो ।

भारत विस्तारवादी हो भन्नेमा कुनै शंका छैन । अब हाम्रो देश कसरी विस्तारवादसंग लड्छ त । अब लड्न खोज्यो भने पछारिन्छ । राजा विरेन्द्र, यसैगरी जर्वजस्ती राजा बनेका ज्ञानेन्द्र पछारिए । नेता मदनभण्डारीलाई षडयन्त्र गरि मारियो । मारिने कोको भनि साध्यै छैन । पूर्वप्रधामन्त्री सुशिल कोईरालाले सविधान निर्माण गर्न रोक्न नमान्दा त्यस्तै हविगत् भयो तर उनको कोही रहेनछ कसैले बोलेन, खलास भैगो । पहिले राजा महेन्द्रलाई भारतीय नेतृ ईन्दीरा गान्धीले थर्काएको पछि सुनिएको हो । अझ नेपालमा केके हुने हो, जनता हेरि बस्ने हो ?

भुटान भन्ने राष्ट्र हामीले सुनेका छौ । देखेको चै छैन । नेताले गएर हेरेको भए कुन्नी । त्यहाँ कस्तो छ ? सबैलाई थाहा छ । त्यहाँका नेपाली मुलका नागरिक धपाउँदा नेपालले के गर्न सक्यो, त्यो हेरौं न । त्यहाँका मानिस अहिले कति क्यानडा, अमेरिका, अष्टे«लियामा छन् । त्यहाँ जाने केटाले नेपाली केटी र त्यहाँका केटीले नेपाली केटा नेपालमा आई विवाह गर्दै लैजादै गरेको कति पाईएको छ । त्यो पनि फाईदै भएछ । नसक्ने जति अरव गएका छन् । कतिले अरवमा कुटाई खाएका छन् त्यो कुरा सामाजिक संजालमा कसरी आई रहेको छ सवैलाई थाहै छ । कोही बोलेको छ त ?

दुई ठूला देशको विचमा नेपाल छ । नेपालमा भएको खनिज के के छ थाहा छैन । यदि पेट्रोल निकालेको भए फलाम निक्लन्थ्यो । फलाम निकालेपछि अन्य पदार्थ निक्लन्थ्यो । अनि के के निक्लन्थ्यो । त्यतातिर कसैको ध्यान छैन । पहिले को प्रधानमन्त्री बन्ने भन्दा भन्दै ७० वर्ष सम्म प्रजातन्त्र नै आएन, आयो त भारतले बनाउने प्रधानमन्त्री मात्र आयो । मन्त्री कति आए ।

अब रौतहट हेर्नुस् न कस्ता मान्छे सांसद भएका रहेछन् नेपालमा । डाँका भन्दा माथि के हुन्छ । त्यस्तालाई जोगाएर राख्ने, जाहेरी नलिने प्रहरी, जिल्ला सरकारी वकिल (न्यायाधिवक्ता), त्यहाँ भन्दा माथिको सरकारको वकिल महान्यायाधिवक्ता, त्यहाँ भन्दा पनि माथि गृहमन्त्री, त्यहाँ भन्दा माथि प्रधानमन्त्री, अनि भारत पनि होला ।

यो किन भनेको भने गिरीजा प्रधानमन्त्री हुँदा रौतहट गौरमा नरसंहार भयो । होनहार जनताको छोरी छोरीको निर्मम कत्लेआम गरियो । यो अपराधको घटना घटाउने अहिले पनि मन्त्रीमा छ तर कोही बोल्दैन । केही कारवाही पनि हुदैन । यति ज्यादती गरियो, आखिर जनताले हेर्ने मात्र हो । सहेर बस्ने हो । यस्तै यस्तै कुकार्य गरेपछि एकदिन सहन सक्दैन, त्यतिबेला जे पनि हुन्छ । राजाको के हविगत भयो । पंचायतका मानिस कता हराए । वहुदलिय व्यवस्था कता हरायो । अब यो व्यवस्था गयो भने पंचायत आउँदैन, वहुदलिय व्यवस्था पनि आउने छैन । अगाडि नै बढ्ने हो । कुनै गुन्जाईस् छैन ।

अहिले बरु पारसको बुद्धि आएछ । उनले भने मलाई स्वतन्त्रसँग हिड्न दिनु । मेरो चियो चर्चो नगर्नु, म पनि तपाईहरु जस्तै नागरिक भइसके । राजा साजा कुनै वादी आउँदैन भने । यत्ती भन्नु भनेको राम्रो हो । कोही हिजोको प्रभावशाली मानिस म सर्वसाधारण हुँ भनि सरन्डर गर्छ भने उनको हक सुरक्षित हुन पर्दछ । सबै नागरिक हुन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु