हेटौंडामा कांग्रेसको प्रशिक्षण, सभापति देउवासहित शिर्ष नेता आउने

बाइलाइन नेपाल
२५ कार्तिक २०७६, सोमबार ११:४०
फाइल तस्वीर

हेटौंडा । नेपाली काँग्रेसले हेटौंडामा भोलीदेखि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । पार्टीका महाधिवेशन प्रतिनिधिलाई राखिएको प्रशिक्षण कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवासहित शिर्ष नेताहरु हेटौंडा आउने भएका छन् ।

मकवानपुरसहित ६ जिल्लाका महाधिवेशन प्रतिनिधिलाई दुई दिनसम्म प्रशिक्षण कार्यक्रम हेटौंडामा आयोजना गरिएको कांग्रेस मकवानपुरले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । प्रशिक्षणमा ६ जिल्लाका २ सय ९० जनाको सहभागिता रहने कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए ।

मकवानपुर जिल्लाको आतिथ्यतामा हुने प्रशिक्षण कार्यक्रममा प्रदेश नंबर ३ का मकवानपुर, चितवन, धादिङ, रसुवा, नुवाकोट तथा सिन्धुलीका महाधिवेशन प्रतिनिधि तथा केन्द्रीय सदस्यको सहभागिता रहने छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल सहित केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको आउने बताए ।

प्रशिक्षण कार्यक्रमलाई कांग्रेस नेता विमेलेन्द्र निधि, पुरुषोत्तम दाहाल, डाक्टर आरजु देउवा, डाक्टर जगदिशचन्द्र पोखरेल, डाक्टर गोविन्द पोखरेल, राजु नेपाल तथा खिला दाहालले प्रशिक्षण दिनेछन् ।

भोली ११ बजे हेटौंडाको पल्पसा सभागृहमा काङ्ग्रेस सभापति देउवाले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने छन् । भोलीबाट हुने प्रशिक्षण कार्यक्रम दुई दिनसम्म चल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*