राक्सिराङका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

बाइलाइन नेपाल
२४ कार्तिक २०७६, आईतवार १४:३५

मकवानपुर । मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा उपलब्ध गराउन ‘आमाबुबा बचाउ कार्यक्रम’ सुरु गरेको छ।

कार्यक्रमका लागि गाउँपालिका र पाटन अस्पतालबीच सम्झौता भएको छ। चेपाङ र तामाङ समुदायको बाहुल्यता भएको राक्सिराङमा पाटन स्वास्थ विज्ञान प्रतिष्ठानकोे समुदायमा आधारित ‘प्यालेटिभ सेवा सञ्चालन’ कार्यक्रमअन्तर्गत शुक्रबार सम्झौता भएको हो। समझदारी पत्रमा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र प्रतिष्ठानका प्रा।डा। पारश आचार्यले हस्ताक्षर गरेका छन्।

ज्येष्ठ नागरिकको घरमै पुगी उपचार सेवा प्रदान गर्न कार्यक्रम सुरु गरिएको गाउँपालिकाले बताएको छ। यस क्षेत्रका अधिकांश युवाहरु रोजगारीका लागि मनहरि, लोथर, नेवारपानी हेटौंडा र चितवनमा बस्ने भएकाले गाउँमा ज्येष्ठ नागरिकहरु मात्र रहने भएकाले उनीहरुलाई अस्पतालसम्म पुग्न कठिन छ।

भौगोलिक विकटताका कारण सहजरुपमा औषधि उपचार गर्न समस्या भएकाले गाउँपालिकाले स्वास्थ्यकर्मीहरुको टोली बनाई गाउँघरमा पठाउने योजना बनाएको हो। गाउँघरमा खटिएका स्वास्थ्यकर्मीको टोलीलाई पाटन अस्पतालले इन्टरनेटको माध्यमबाट स्वास्थ्य सेवा प्रदानमा सहजीकरण गर्नेछ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले विकट गाउँपालिकामा स्वास्थ्य र शिक्षा क्षेत्रको पहुँच नहुँदा विकासको अनुभूति गराउन योजना अघि बढाएको बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*