एसिड प्रकरणः दिलीपलाई सघाउने मण्डल पक्राउ

बाइलाइन नेपाल
२३ कार्तिक २०७६, शनिबार २०:५०

मकवानपुर । हेटौंडाकी बिन्दाबासिनी कंसाकारलाई वि.सं २०७० मा एसिड प्रहार गर्ने दिलीपराज केशरीका सहयोगीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । केशरीलाई एसिड किन्न सघाउने सञ्जय मण्डललाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।

मण्डलले एसिड किन्न सघाउनुका साथै, केशरीले एसिड प्रहार गरेपछि उसलाई फरेस्ट्रीसम्म आफ्नो मोटरसाइकलमा पुर्याएको जनाइएको छ । । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख मुकेशकुमार सिंहका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । बिन्दाबासिनीको परिवारले दिएको सूचनाको आधारमा मण्डललाई पक्राउ गरिएको हो ।

बिन्दाबासिनीलाई एसिड छ्याप्ने दिलीपलाई प्रहरीले केही दिन अगाडि पक्राउ गरी सार्वजनिक गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*