चित्लाङमा प्रेस युनियनकर्मीलाई पत्रकारिता तालिम

बाइलाइन नेपाल
२३ कार्तिक २०७६, शनिबार १२:४९

मकवानपुर । प्रेस युनियन मकवानपुरको आयोजनामा थाहा नगरपालिका– ९ चित्लाङमा पत्रकारिता तालिम आज( शनिबारं) बाट सुरु भएको छ । युनियनमा आवद्ध मकवानपुरका सञ्चारकर्मीको तालिममा सहभागिता रहेको छ ।

कार्यक्रमको उद्घाटननेपाल पत्रकार महासंघ पूर्वअध्यक्ष धर्मेन्द्र झा र न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले संयुक्त रुपमा गरेका छन्।

कार्यक्रममा प्रेस युनियन पुर्व महासचिव पोषण केशी, प्रेस युनियन मध्यमाञ्चल संयोजक राममणि दाहाल,नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला, कांग्रेस थाहा नगरपालिका सभापति योगेन्द्रमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

प्रशिक्षण तथा तालिममा धर्मेन्द्र झा, गंगाधर पराजुली, नेपाल पत्रकार महासंघ पूर्व महासचिव पोषण केसी, प्रेस युनियन केन्द्रीय सदस्य एवं मध्यमाञ्चल संयोजक राममणि दाहालले प्रशिक्षण दिने युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीले बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*