भारतीय हस्तक्षेपविरुद्ध आज बुद्धचोकमा प्रर्दशन

बाइलाइन नेपाल
२१ कार्तिक २०७६, बिहीबार १८:०१

भारतले नपाली भूभाग आफ्नो नक्सामा समावेश गरी सार्वजनिक गरेपछि नेपालमा यसको विरोध भइरहेको छ । विद्यार्थी, राजनीतिक दल, भातृसंगठन हुँदै नागरिक समाजले पनि भारतको कदमको विरोध गर्दै सडकमा उत्रन थालेका छन् ।

हेटौंडामा बिहीबार विद्यार्थीले नेपाली भूभाग कालापानी र लिपुलेक भारतले सार्वजनिक गरेको नक्सामा समावेश गरेको भन्दै विरोध प्रर्दशन गरेका थिए । आज शुक्रबार पनि हेटौंडामा नागरिक समाजका विभिन्न संघसंस्थाले संयुक्त रुपमा भारतको उक्त कदमको विरोध गर्ने भएका छन् । भारतले चालेको गलत कदम फिर्ताका लागि दबाब दिन देशका विभिन्न सहरमा विरोधका कार्यक्रम भइरहेका छन् ।

शुक्रबार मकवानपुरका उमेश गुणी अध्यक्ष रहेको राष्ट्रिय जनसरोकार मञ्च नेपाल, केशव गौतम संयोजक रहेको नागरिक सरोकार समिति, कृष्णराज कोइराला अध्यक्ष रहेको मकवानपुर जागरण अभियान, रविन्द्र देउला अध्यक्ष रहेको राष्ट्रिय कर्मचारी महासंघ प्रदेश–३, लक्ष्मी गौतम अध्यक्ष रहेको राष्ट्रिय मानवअधिकार सरोकार केन्द्र, रामशरण कार्की अध्यक्ष रहेको शसक्त कार्की संघलगायतका संघसंस्थाले विरोध प्रर्दशन गर्न लागेका हुन् ।

संघ संस्थाले दिउँसो १ बजे हेटौंडाको बुद्ध चोकमा विरोध प्रर्दशन गर्न लागेको मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोइरालाले जानकारी दिए । उनका अनुसार विरोध प्रर्दशनका लागि कालापानी लिपुलेक हाम्रो हो, मिचेको भूमि फिर्ता गर, असमान सन्धीसम्झौता खारेज गर, नेपालको सिमा व्यवस्थित गरलगायतका नारा तय गरेको छ ।

संघसंस्थाहरुले नेपाल सार्वभौमिकता, स्वतन्त्रता र अखण्डतामाथि भारतले हस्तक्षेप गरेका कारण विरोध प्रर्दशनमा उत्रन लागेको जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*