भारतविरुद्ध मकवानपुरका विद्यार्थी उत्रिए सडकमा

बाइलाइन नेपाल
२१ कार्तिक २०७६, बिहीबार ०९:५८

हेटौँडा । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको भूभाग समेत समावेश गरेको भन्दै मकवानपुरका विद्यार्थीले आज विरोध प्रर्दशन गरेका छन् । भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको भुभाग कालापानी र लिपुलेकलाई समेत समावेश गरेको पाइएपछि देशभर विरोध भइरहेको छ ।

भारतले नेपालको भूभाग आफ्नो नक्सामा राखेको भन्दै मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीले ‘गो व्याक इण्डिया’ को नारा लगाउँदै विरोध गरेका हुन् । अनेरास्ववियुको नेतृत्वमा भएको विरोध प्रर्दशनमा सहभागी भएका विद्यार्थीले तत्काल भारतलाई नक्सामा भएको गल्ती सच्याउन आग्रह गरेका छन् ।

क्याम्पसबाट शुरु भएको विरोध ¥यालीले बजारका विभिन्न् क्षेत्रको परिक्रमा गरेको थियो । उनिहरुले भारतले गल्ती नसच्याए थप आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । भारतले नेपालको भूभाग आफ्नो नक्सामा समावेश गरेर सार्वजनिक गरेसँगै विरोध सुरु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*