दशैं कुन वर्गको हो ?

देवी गौतम
२० कार्तिक २०७६, बुधबार १२:१०

कम्युनिष्टको सरकार छ । २०७६ सालको दशै आउँदैछ । दशै किन आउँछ । कसलाई आउँछ । कसैलाई मन नपर्ने विषय पनि हो । हिन्दुको मात्र हो वा नेपालीको हो भन्ने कुरामा तर्क गरिएको छ । यो कुन वर्गले मनाउँछ । सबै वर्गले मनाउने गरेपनि खर्च हुने कुरा पक्कै हो । वर्षभरि कमाई गरेको रकम खर्च गरेर दशै मनाउने गरिन्छ । कमाई नहुनेले कसरी मनाउने भन्ने चिन्ता गरेको पाईन्छ । हुने खानेले राम्रैसँग मनाउँछन् । के खाने ? के लाउने ? कता घुम्न जाने भन्ने हुन्छ । रातदिन काम गर्दा राम्रो खान लाउन र वास नपाउने कति छन् ।

तिनको विषयमा कम्युनिष्ट सरकारले के गरिरहेछ । कम्युनिष्टले कसरी दशै मनाउँदैछन् ? काँग्रेसले पनि दशै मनाउँदछन् । पहिले पहिलेका राजा र तिनका तालुकदारले पनि दशै मनाउँछन् । हरेक संस्थाले शुभकाना कार्यक्रम गरेको देख्न पाईन्छ । त्यहाँ चियापान गरिन्छ । शुभमकाना आदानप्रदान गर्ने गरिन्छ । दशै मान्न नसक्ने कति जनता धर्म परिर्वतन गरिरहेका छन् । हिन्दुहरुले खत्तम पा¥यो भनि चिल्लाई रहेका छन् । आफनो धर्म भित्रको कुकृत्य अर्थात रुढिवादीतर्फ कसैको ध्यान छैन । कतिपय कुरा सच्याउँदै जान सकिने थियो । तर सच्याउने गरिदैन । अब रुढिवादी भनेको के भन्ने हुन्छ ? अन्धविश्वास लाई लिन सकिन्छ । अन्धविश्वास भनेको हचुवा कुरा हो । त्यो सत्य हुदैन । धर्म मानेको भन्छन् तर झुठ तर्फ नै मानिसको ध्यान छ । सत्य थाहा हँुदा झुठ नास हुन्छ भन्ने रुपचन्द्र विष्टको पर्चामा छापिएको छ । तर झुठ कहिल्यैनास हुने भएन । झुठ नभइ ÷नगरि अकुत आर्जन नहुने । ढाट्दाढाट्दा हैरान छ मानिसलाई ।

हाम्रो शिक्षा त्यस्तै छ । नेपाल लगायत अन्य देशमा डेंगु प्रकोप आयो । अर्को स्क्राप टाईफसले मानिस मरिरहेका छन् । अफ्रिकामा ईबोला भाईरसले मानिस मरिरहेका छन् । जनावरबाट एड्स जस्तो निको नहुने रोगको उपचार हुन सकेको छैन । डेंगु एक प्रकारको लामखुट्टेले टोकेपछि हुने रोग हो । यो रोग सार्ने किटानु कसरी निर्माण भयो, हामीले जताततै फोहोर गरिरहेका छौ । नेपालको राजमार्ग वरपर बसपार्क जस्ता ठाउँमा पानीका बोतलहरु, जंगल सार्वजनिक स्थल, वन,हिमालय टुर क्षेत्रमा बियर,रक्सीका वोतल लगायतका समान कसले फ्याक्यो । ति बोतलमा परेको पानी जमि जमेको पानीमा डेंगु भाईरसले बच्चा उत्पती ग¥यो । यि विकृती विसंगती बारेमा बिद्यालय, कलेजमा अध्ययन गराईयो गराइयो वा गराइएन थाहा भएन् । राज्यको ठूलो लगानी शिक्षामा भएपनि वास्तवमा त्यो शिक्षाले काम गरेन् ।

चिनका नागरिक विदेश यात्रामा जाँदा बसको झ्यालबाट फोहोर एवं पानीका बोतल नफ्याक्न निर्देशन दिने गरेको सुनियो । त्यो कार्य सोभनिय हैन भनेर त्यसो गरिएको होला । हेटौडा बजारमा एक दिन डेंगु बारे सचेतना ¥याली निक्लियो । तर हेटौडाको अनुहारमा सफा देखिने ढल भित्र कुना काप्चा यत्रतत्र कति दुर्गन्ध छ । कसलाई थाहा छ । हेटौडा शहर सफा भनेर पुरस्कार पाएको पनि पहिले सुनिएको थियो । सवारीसाधन मर्मत निर्माण गरिएका टायरमा पानी जमेर डेंगु उत्पादन भएको सायद अलि पहिलेनै हो । तर वास्ता नगरिएको हो ।

हेटौडा अस्पतालले नागरिकको भिड सामना ग¥यो या गरेन उनिहरुले कति दुःख पाए होलान् त्यो दुःख पिर मर्का हेरियो हेरिएन,आगामी दिनमा यस्ता अज्ञात रोगको सामना गर्ने हुर्मत विकास हुन्छ कि हँुदैन । तयारी कसले गर्दछ । डेंगु
रोगी सुताउने ठाउँ भएन ।

शिक्षामा सुधार गर्ने नीति मन्त्रालयले मन्त्रीपरिषद्मा पेश गर्न लगेपनि प्रधानमन्त्रीको टेवुलमुनि राखिएको खबर यो लेखकलाई प्राप्त भएको छ । त्यो नीतिमा नेपालको संविधानमा उल्लेख भएबमोजिम शिक्षा निःशुल्क गर्ने प्रावधान रहेको छ । यसबाट कम्युनिष्ट र काँग्रेस भनाउँदा घुसपैठिया निजी शिक्षाका धनआर्जन गर्ने मसिहाहरुलाई धक्का पुग्ने छ । यस्तै संविधानमा स्वास्थ्य सम्बन्धी हक रहेको र संविधान बमोजिम कानुन निर्माण समेत भइसकेको छ । स्वास्थ्य क्षेत्रका व्यापारीले जनताको पसिना रगत चुसिरहेका छन् । त्यो शिक्षा र स्वास्थ्यको चुसाई समाप्त भएको हेर्न मन धेरैलाई छ । तर ति क्षेत्रमा कम्युनिष्ट र काँग्रेसको खोल ओडेका मानिस छन् । दशैको अवसरमा सरकारले जनतालाई सुविधा उचित व्यवस्था के कति दिन सक्छ सक्दैन त्यो हेर्न बाँकी छ ।

चीन सरकारका प्रमुख नेपाल भ्रमण गर्ने, चीन र नेपालका कम्युनिष्ट पार्टीको बैठक बस्ने, सहकार्य गर्ने कुरा भइरहेको छ । यो स्वागत योग्य कुरा हो । नेपालमा चीन सरकारका प्रमुख धेरै वर्षपछि आउने कुरा भएको छ । दुई देश र भारत समेतबाट नेपालले ठूलो सफलता हासिल गर्न सक्छ । लगानी चाहिन्छ । लगानी विना विकास निर्माण उत्पादन हुने भएन । लगानी गर्नेले केही नाफा त लिन्छ नै । तर हामीलाई उच्च गतिको विकास गर्ने इच्छा पुरा हुने कुरामा दुईमत छैन । हुनत आ आफनो स्वार्थ हुन्छ नै । त्यसबाट फाइदा लिन सक्नु पर्दछ । हिजो दलाली गरियो । अब देश र जनतालाई धोका नहोस् कसैबाट ।
आफनो देशको हितलाई केन्द्रमा राखेर काम गर्नु पर्दछ । फाइदा लिन सक्नु पर्दछ । नेपालमा विद्युत उत्पादन प्रमुख हुन सक्दछ । ठुला देश उत्तर र दक्षिणमा रहेका छन् । तिनलाई विद्युतको आवश्यकता पर्दछ । त्यो विद्युत उत्पादन गरेर फाईदा लिन सकिन्छ । हिजो हामीलाई वेवकुफ बनाइयो । अब वेवकुफ नबनाइयोस् ।

प्रतिपक्षले दुईदुई पटक कार्यकर्तालाई जागरण गरायो । जाग्यो जागेन, थाहा छैन । धेरैवर्ष भयो, अब कति जाग्नु । जाग्नु पर्ने त जनता हो । जनता जागे मात्र यि र यस्ता विकृति नास हुने हो । सत्तो सराप गरेपनि केही हुने होइन । अनेक गरियो, तर केही लागेन् । कहिले रवि, कहिले मिश्र आए यो देश सपार्न । तर सप्रेको छैन । अब को आउने हो । फेरि होहल्ला गर्ने हो । धर्मको नाममा, पत्रकारिताको नाममा, हत्याको नाममा अनेक हिंसा गर्न खोजियो । हिजो रौतहटमा आमनरसंहार गरियो । कहिले कैलालीमा गरियो । भरतपुरमा पनि गर्न खोजियो । त्यो असफल भयो । अब कता गर्ने हो । हेरौला । जनताले हेर्ने हो । यि र यस्ताले के के गर्दा रहेछन् । यो सब गर्ने भनेको मनी हो । धनि हुन हो । को धनि हुन, को गरिब हुने हो । त्यो पनि ठेगान छैन ।

सरकारका मन्त्रीले काम गर्न सकेनन् भनेर प्रधानले भन्नुभयो । भनेर हुने होइन । गर्न आउन प¥यो । बुद्धि चाहियो । त्यसको बुद्धि कति छ त्यसमा निर्भर हुन्छ । बुद्धि नै नभएपछि त्यसले काम गर्ने भएन । काम गर्न सिप क्षमता चाहिन्छ । निस्वार्थ भावना चाहिन्छ । कता कता मन्त्रीले आयलको तेल लिएको सुनियो । यता मन्त्रालयबाट कुपन पनि लिएको छ रे । पाएसम्म कति लिने हो, हो । दशै आएको छ सबैलाई चाहिएको छ । सालीसँग हिँड्नु प¥यो । कोको संग हिँड्नु प¥यो । त्यसको लागि आम्दानी चाहियो ।

ओहदामा बस्नेहरु नयाँ चिल्ला गाडी लिएर दौडिरहेको सडक दायाँबायाँ बस्ने जनताले हेरिरहेका छन् । तिनलाई के भनिरहेका होलान् । ति पदिय कर्तव्य भएकालाई थाहा होला नहोला । जनताले राम्रो नजरले हेरिरहेका छैनन् । कर लिन सम्म लिएका छन् । त्यो रकम जनताको पक्षको खर्च गरेको भए राम्रो नै भन्ने थिए । तर सुविधामा खर्च गरिँदा जनताले सरापी रहेका छन् । सबैले दशै साधारण प्रकारले टार्नु पर्ने हो । यसैमा सबैको मन जावोस् भन्दै मेरो तर्फबाट सबैमा हार्दिक शुभकामना छ । devi.gautamhtd@gmail.com

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु