नवनियुक्त प्रदेश प्रमुखहरुले लिए शपथ

बाइलाइन नेपाल
१९ कार्तिक २०७६, मंगलवार १२:५९

काठमाडौं– सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सात वटै प्रदेशका लागि नियुक्त प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नियुक्तका लागि सिफारिस गरेका प्रदेश प्रमुखहरुले मंगलबार शपथ लिएका हुन् ।

नवनियुक्त प्रदेश प्रमुखहरुमा प्रदेश १ का लागि सोमनाथ अधिकारी, प्रदेश नम्बर २ का लागि तिलक परियार, प्रदेश नम्बर ३ का लागि विष्णु प्रसाईँ, गण्डकी प्रदेशका लागि अमिक शेरचन, प्रदेश ५ का लागि धर्मनाथ यादव, कर्णाली प्रदेशका लागि गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशका लागि शर्मिलाकुमारी पन्त (त्रिपाठी) छन् ।

शपथ ग्रहण गरेसँगै नवनियुक्त प्रदेश प्रमुखहरुले आ–आफ्नो कार्यक्षेत्रमा गएर कार्य सञ्चालन गर्ने बाटो खुलेको छ ।

यसअघि मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार २०७४ सालमा नियुक्त प्रदेश प्रमुखहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु