प्रदेश प्रमुखहरु छान्न नेकपा सचिवलय बैठक बस्दै

बाइलाइन नेपाल
१८ कार्तिक २०७६, सोमबार १०:१८

नेकपाको सचिवालय बैठक आज बस्दैछ । सातवटा प्रदेशका प्रमुखको चयनका लागि सत्तारुढ नेकपा सचिवलाय बैठक बस्न लागेको हो । आइतवार बसेको नेकपा सचिवालय बैठकमा प्रदेश प्रमुखहरुको नाममा सहमति जुट्न नसकेपछि बेलुकाका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक पछाडि सरेको थियो ।

आज बस्ने नेकपा सचिवालय बैठकले प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएपछि मन्त्रिपरिषद् बैठक बस्ने र प्रदेश प्रमुखहरुको नियुक्तीको तयारी गरिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिइन् ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा आइतबार बसेको बैठकले सबै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो । तत्कालिन कांग्रेसको सरकार भएको बेलामा प्रदेश प्रमुखहरु नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु