नेकपा सचिवालय बैठक आज बस्दै, उम्मेदवारको टुंगो लगाउने तयारी

बाइलाइन नेपाल
१६ कार्तिक २०७६, शनिबार ०७:३१

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिवार (आज) बस्दैछ ।

मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न बैठक बस्न लागेको हो ।

नेकपाले प्रतिनिधिसभा, प्रदेशसभा र उपमहानगरपालिकाका मेयर उम्मेदवार केन्द्रबाट तय गर्ने तथा गाउँपालिका अध्यक्ष उपाध्यक्ष प्रदेश कमिटीले तय गर्ने मापदण्ड बनाएको छ ।

त्यस्तै वडाध्यक्षका उम्मेदवारका हकमा सम्बन्धित जिल्ला कमिटीले निर्णय गर्नेछन् ।

शुक्रवार अपराह्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग छलफल समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु