‘बादशाह जुट’सँग भिड्दै ‘टर्मिनेटरः डार्क फेट’

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट सिनेमा हलहरुमा नेपाली कथानक चलचित्र ‘बादशाह जुट’ र हलिउड चलचित्र ‘टर्मिनेटरः डार्क फेट’ प्रदर्शनमा आएका छन् । कमेडी र एक्सन जनरामा निर्माण भएको चलचित्र ‘बादशाह जुट’ जोनीसिंह राणाले निर्देशन गरेका हुन् । यो चलचित्रमार्फत् निर्देशक सिंहले निर्देशनमा डेब्यू गरेका छन् ।
‘बादशाह जुट’ देशमा केही गर्न खोज्ने एक प्रहरी र पत्रकार युवाको कथामा आधारित चलचित्र हो । हर्कबहादुरको निर्माण रहेको चलचित्रमा सुशील श्रेष्ठ, अमिर गौतम, रोबिन तामाङ, रोशी खड्का लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा अभिनेत्री प्रियंका कार्की अतिथि भूमिकामा छन् ।
त्यस्तै आजैबाट प्रदर्शनमा आएको हलिउड चलचित्र ‘टर्मिनेटरः डार्क फेट’ टिम मिलरले निर्देशन गरेका हुन् । साइन्स फिक्सन र एक्शन जानरामा बनेको यस चलचित्रमा क्यामेरोन, लिन्डा ह्यामिल्टन, टम हल्केन्बर्ग लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्र ‘टर्मिनेटर’ फ्रेन्चाइजको छैटौं सिक्वेल हो ।