छठ पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा

बाइलाइन नेपाल
१५ कार्तिक २०७६, शुक्रबार १८:१६

प्रदेश नम्बर २ सरकारले छठ पर्वको दोस्रो दिन आइतबार (कात्तिक १७ गते)का लागि सार्वजनिक बिदा घोषणा गरेको छ ।

संघीय सरकारले छठ पर्वको पहिलो दिन सार्वजनिक बिदा दिने गरेकोमा यस पटकको छट पर्वको पहिलो दिन नियमित साप्ताहिक बिदा (शनिबार) परेको छ ।

प्रदेश २ सरकारले भने आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । शनिबार अस्ताउँदो र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदै छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु