एसिड काण्डका दोषी पाँच वर्षपछि पक्राउ, जन्मकैद दिन पीडितको माग

बाइलाइन नेपाल
१५ कार्तिक २०७६, शुक्रबार १८:०५

हेटौंडा । नेपालमै पहिलो पटक हेटौंडामा युवती माथि तेजाबद (एसिड) छ्याप्ने एक युवकलाई पाँच वर्ष पछि प्रहरीले पक्राउ गरेको छ । २०७० वैशाख ९ गते हेटौंडा निवासी विन्ददवासिनी कांसाकारको अनुहारमा एसिड छ्यापेर फरार राज भन्ने दीलिपराज केशरीलाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

भारत माहाराजगंज, अमरपूर्वन वडा नं. ६ बस्ने केशरीलाई बाराबाट पक्राउ गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए । एसिड छाप्ने बित्तिकै फारर रहेका केशरीलाई प्रहरी र पीडित परिवारले लगातार खोजी गरिरहेका थिए । सोही अवस्थामा बाराको जितपुर–सिमरा नगरपालिका–२३ भलोहीबाट पक्राउ गरेको उनले बताए ।

जिप्रका बारामा कार्यरत प्रहरी निरीक्षक सागर शम्शेर जबरासहिशतको विशेष टोलीले केशरीलाई २०७६ कात्तिक १४ गते पक्राउ गरेको प्रहरी नायव उपरीक्षक भट्टराईले जानकारी दिए । घटनामा सहयोग गर्नेको पहिचान भएको र खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका केशरीलाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १५ नंं अनुसार ५ वर्षदेखि १२ वर्षसम्म कैद साजय हुने प्रावधान रहेको प्रहरी नायव उपरीक्षक भट्टराईले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एसिडबाट पीडित कंसाकारले दोषीलाई फासी वा जन्मकैद दिन माग गरेकी छिन् । आफुलाई एसिड छ्यापेर फरार रहेका केशरीलाई प्रहरीले सार्वजनिक गरेको कार्यक्रममा पुगेकी कांसाकारले ५÷१० वर्ष कैद गरेर मात्र आफुले न्याय नपाउने बताइन् । उनले कानुन परिवर्तन गरेर भएपनि जन्मकैद दिन माग गरिन् ।

पाँच वर्ष पछि भएपनि केशरी पक्राउ पर्दा केही राहात मिलेको उल्लेख गर्दै पीडित कंसाकारले सबै एसिड पीडितले न्याय पाउनु पर्ने उल्लेख गर्नि । एसिडबाट अनुहार जलेको पाँच वर्ष बित्दा पनि राज्यले कुनै सहयोग नगरेको भन्दै उनले दुःख व्यक्त गरिन् । आफ्नो उपचारमा एक करोड भन्दा धेरै रकम खर्च भएकाले एसिड छ्याप्ने केशरीबाट उक्त रकम समेत असुल गर्न उनले राज्यसँग माग गरेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*