टी-२० श्रृंखलामा कुवेत ६ विकेटले पराजित

बाइलाइन नेपाल
२७ चैत्र २०८१, बिहीबार ११:५७

चारदेशीय टी-२० सिरिजमा नेपालले दोस्रो जित निकालेको छ।  हङकङमा जारी सिरिजको दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको हो।

बिहीबार बिहान भएको खेलमा नेपालले पाएको १८६ रनको लक्ष्य ७ बल बाँकी छँदा ४ विकेट गुमाएर भेट्टाएको हो।  त्यस क्रममा ओपनर कुशल भूर्तेल र आशिफ शेखले अर्धशतक बनाए।

भूर्तेलले ५० बलमा ६ चौका र ६ छक्का हानेर ८१ रन बनाए।  आशिफले ३८ बला २ चौका र ४ छक्का हानेर ५३ रन जोडे। कुशल मल्ल ४ रनमा आउट भए। दिपेन्द्रसिंह ऐरीले १२ बलमा २ चौका र ३ छक्का हानेर ३१ रन बनाए।

बलिङतर्फ कुवेतका यसिन पटेलले २ तथा मोहम्मद शफिक र मोहम्मद अस्लामले १/१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको कुवेतले ८ विकेट गुमाएर १८५ रन बनाएको थियो। कुवेतका लागि ओपनर क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए। उनले ३० बलमा चार चौका र २ छक्का हाने।

मिट भवसरले २८ बलमा चौका र २ छक्का हानेर ३५ रन बनाए। बिलाल तहिरले ३२, रविजा सान्दरूवनले २६ र उसमान पटेलले १३ रन बनाए।

बलिङतर्फ नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए। नन्दन यादवले दुई तथा ललित राजवंशी र कुशल भूर्तेलले एक-एक विकेट लिए। नेपालले यसअघि पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो।

नेपालले अन्तिम खेल चैत ३० गते हङकङसँग खेल्नेछ। त्यसपछि चैत ३१ गते तेस्रो स्थान र फाइनल खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु