दोस्रो कमाने महोत्सव पुस ११ गतेबाट

बाइलाइन नेपाल
५ पुष २०८१, शुक्रबार १३:१९
फाइल तस्वीर

हेटौंडा ८ कमानेमा कमाने महोत्सव–२०८१ हुने भएको छ । गतवर्षबाट सुरुवात गरिएको महोत्सव यस वर्ष दोस्रो कमाने महोत्सव २०८१  महोत्सवको तयारी रहेको बुधबार पत्रकार सम्मेलन गरी जनाइएको छ ।

महोत्सवको तयारी पूरा भएको जानकारी दिँदै आयोजकले नीमचोक देखी अम्मरसिं पथ ससम्मको मुख्य सडकमै महोत्सव सञ्चालन गर्ने महोत्सवका संयोजक एंव वडा ८ का वडाध्यक्ष रामकृष्ण थापाले बताए ।

वडाको चालु कार्यक्रमअन्तर्गत् स्थानीय पर्यटन, स्थानीय सांस्कतिक प्रवद्र्धन, स्थानीय व्यापार प्रदर्शनी’ भन्ने मूल नाराका साथ आगामी पुष ११, १२ र १३ गते महोत्सवको आयोजना गर्न लागिएको वडाध्यक्ष थापाले बताए । उनले वडाभित्र रहेका स्थानीय कला संस्कृति पहिचान र व्यापार, व्यवसाय प्रदर्शनी गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताएका हुन् ।

‘साना उद्योग तथा महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरण एवम् प्रदर्शनीमार्फत् वडामा रहेका १९ वटै टोल विकास संस्थाको उत्पादनले बजारमा आफ्नो पहिचान गराउन सकोस भन्ने हाम्रो मुख्य उद्देश्य हो ।’, वडाध्यक्ष थापाले भने ।

कार्यक्रमलाई थप आकर्षक बनाउन वडाभित्र रहेका २१ वटा बाल समूहहरुको विभिन्न सांस्कृतिक कार्यक्रमहरु हुने जनाइएको छ । वडामा हुने महोत्सवले वडाका उत्पादनलाई बजारीकरण गर्न, विभिन्न समूहहरुका सीपलाई उजागर गर्नुका साथै गर्नुका साथै वडाका होटल व्यवसायीलाई आर्थिक टेवा पुग्नेसमेत विश्वास रहेको अध्यक्ष थापाले बताए ।

कार्यक्रम सम्पन्न गर्न कुल ८ लाख रुपैयाँ लागत लाग्ने अनुमान रहेको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा महोत्सवका विभिन्न उपसमितिका संयोजकहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*