१२ नम्बरलाई नमुना वडाको रुपमा विकास गर्छुः माओवादी उम्मेदवार रविन प्रधान
हेटौंडा । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडाअध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार रविकुमार प्रधान (रविन)ले १२ नम्बरलाई मकवानपुरकै नमुना वडाको रुपमा विकास गर्ने उद्देश्य र योजनासहित चुनावी मैदानमा उत्रिएको बताएका छन् ।
उनले बाईलाइन नेपालसँगको कुराकानीमा शिक्षा, स्वास्थसंगै पूूर्वाधार विकाससँगै वडालाई नमुना वडाका रुपमा लैजाने बताएका छन् । वडाबासीको विजयी मत आफुले पाउने उल्लेख गर्दे उम्मेदवार प्रधानले वडाबासीले आफुुमाथि गरेको विश्वासलाई आत्मसाथ गर्दै काम गर्ने बताए ।
उम्मेद्वार प्रधानले शिक्षा समाज रुपान्तरणको प्रमुख कुरा भएकोले आफ्नो कार्यकालमा शिक्षाको विकासमा मिहिन रुपमा काम गर्ने बताए । शिक्षाले असल संस्कारको विकास हुने भएकोले समाजको विकासको लागि शिक्षा प्रमुख भएको बताउँदै प्रधानले हरेक नागरिकलाई शिक्षासँग जोड्ने योजना रहेको बताए ।
वडामा घरदैलो कार्यक्रमका क्रममा वडाअध्यक्ष पदका उम्मेद्वार प्रधानले प्रचारप्रसारका क्रममा आफुले गरेका बाचा पुरा गरेरै छाड्ने बताए ।
साथै वडाका नगरिक, राजनैतिक दलहरुसंगको सल्लाह र सहकार्यमा साझा विकासका योजनाहरु संचालन गरिने उम्मेद्वार प्रधानले बताए ।
घरदैलो कार्यक्रममा वडाबासीको उत्साहजनक सहभागिता, स्वागत र साथले आफुमा उत्साह बढेको बताउदै उम्मेद्वार प्रधानले मंसिर १६ गते हुने निर्वाचनको दिनमा आफुलाई मतदान गरि बिजयी गराउनेमा आफु बिश्वस्त भएको बताए । उनले सम्पूर्ण मतदातासमक्ष आफुलाई मतदान गर्नको लागि अनुरोध गरे ।
वडाअध्यक्ष पदमा माओबादी केन्द्रका प्रधानसंगै नेकपा एमालेका राजेश नगरकोटी, नेपाली काँग्रेसका अर्जुनप्रसाद तिवारी, नेकपा एकीकृत समाजवादीका बलराम बल, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमबहादुर ब्लोन, राष्ट्रिय स्वतन्त्र पार्टीका आशाविर बल, नेपाल मजदुर किसान पार्टीबाट फुलमाया तितुङ, मंगोल नेशनल अर्गनाईजेसनबाट दिपा लामा, जनता समाजवादी पार्टीबाट छबिलाल वाईबा प्रतिस्पर्धामा छन् ।
यसैगरी छत्रप्रसाद अधिकारी, गिताकुमारी नेवार, अर्जुन घलान पनि वडा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेद्वारीसहित प्रतिस्पर्धामा छन् । हेटौंडा १२ मा ४ हजार १ सय ७४ महिला र ३ हजार ८ सय ७८ पुरुष, १ अन्य गरी ८ हजार ५३ जना मतदाता रहेका छन् ।