सडकमा फोहोर गरेको भन्दै एमालेलाई महानगरले गरायो जरिवाना
हेटौंडा । सभा आयोजनापछि सडकको फोहोर व्यवस्थापन नगरेको भन्दै काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ ।
शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र एमाले पार्टी कार्यालयमा पठाएको छ ।
फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ एक लाख रुपैयाँ जरिवाना गरिएको पत्रमा उल्लेख छ ।
नगर प्रहरी निरीक्षक लिलाराज गाछाले हस्ताक्षर गरेको पत्रअनुसार एमालेले अब महानगरपालिका जरिवाना रकम तिर्नुपर्नेछ ।
महानगरले यसअघिपनि सार्वजनिक स्थलमा सभा तथा कार्यक्रम आयोजना गरेर फोहोर व्यवस्थापन नगर्ने अन्य दल र संघस.स्थालाई पनि जरिवाना गराएको थियो ।