महिला प्रहरीलाई स्तन तथा पाठेघरको क्यान्सर बारे सचेतना

हेटौंडा । नेपाल अर्वुदरोग निवारण संस्था मकवानपुरद्धारा आयोजना र जिल्ला प्रहरी कार्यालय मकवानपुर हेटौँडको समन्वयमा सामुदायिक प्रहरी सेवा केन्द्र थानाभर्याङ हेटौडा ११ मा महिला प्रहरीलाई लक्षित गरि स्तन तथा पाठेघरको मुखको क्यान्सर बारे सचेतना कार्यक्रम शुक्रबार भएको छ ।
कार्यक्रममा स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको बारेमा प्रस्तुती सस्थाको जिल्ला सस्थापक अध्यक्ष एवम् पूर्व केन्द्रीय उपाध्यक्ष कपिला जोशीले गरेकी थिइन् । प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बिश्वराज खडकाले प्रहरी महिला लाई स्तन र पाठेघरको मुखको क्यान्सरको बारेमा सचेत गराई यो रोग लाग्नबाट बच्न अपनाउनु पर्ने सावधानीको बारेमा जनकारी गराउदै यस्तो रोग लागेमा सयममै उपचार गरेमा निको हुन्छ भन्ने सन्देश प्रवाह गरेकोमा सस्थालाई धन्यवाद व्यक्त गरे ।
विशिष्ट आतिथी हेटौडा उपमहानगर पालिकाको बडा नं ११ को बडा अध्यक्ष जुना दहालले नेपालमा बढदो रुपमा देखिएको क्यान्सर जस्तो भयाबह रोगको सचेतनाको लागी बडा कार्यालय सदा सहकार्य गर्न तयार रहको बतउँदै क्यान्यसको बारे सचेतना कार्यक्रम विद्यालय र टोल विकास सस्था लक्षित गर्न आग्रह गर्नु हुदै सस्थाले गरेको कार्यको सराहना समेत गरिन् ।
नेपाल अर्बुद्धरोग निबारण सस्थाको केन्द्रीय उपमहासचिव प्रकाश खतिवडाले महिलालाई आफ्नो स्तन आफै परीक्षण गराउन सिकाउने र पाठेघरको मुखको क्यान्सर के कारणले हुन्छ त्यसबाट बच्न अपनाउनु पर्ने विधि सिकाई महिलालाई क्यान्सर मुक्त गराउने अभियान स्वरुप कार्यक्रम भएको जानकारी दिएका थिए । उनले धुम्रपानमा कर वृद्धि गरि धुम्रपानको माग घटाउन सरकार संग आग्रह समेत गरेका थिए ।
बागमती प्रदेश संयोजक गणेश कोईरालाले आहार, बिहार र ब्यबहारमा सकारात्मक परिवर्तन गरेर, सचेत भएर जीबन निर्वाह गरेमा क्यान्सर लाग्न बाट जोगिन सकिन्छ भन्दै सचेतनामुलक कार्यक्रम नियमित रुपमा निरन्तर गर्नु पर्ने बताए ।
सस्थाका अध्यक्ष माधव अधिकारीले सचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यालयबाट सहकार्य भएकोमा धन्यबाद ज्ञापन गर्दै यस्ता किसिमको सचेतना कार्यक्रमले क्यान्सर लाग्न बाट जोगाउने भएकोले प्रदेश र स्थानिय सरकारले क्यान्सरको बारेमा सचेतना जागृत गर्ने खालका कार्यक्रममा सस्थासंग सहकार्य गरि संचालन गर्न आग्रह गर्नु हुदै रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नै नदिने उपाय गर्न सचेतना मुलक कार्यमा सहकार्य गर्न आग्रह समेत गरे ।
साहित्यकार अनिता न्यौपाने सहजीकरण गरेको कार्यक्रममा सस्थाको कार्यसमिति सदस्य पुरुषोत्तम पौडेल, मेलमिलाप संयोजक शर्मिला अधिकारी, महिला स्वास्थ्य स्वयंसेविका बिजया अधिकारीलगायत ३५ जनाको सहभागिता रहको थियो ।