खेलकुदको विकासमा थाहानगर प्रतिवद्धः मेयर विष्ट

बाइलाइन नेपाल
१८ कार्तिक २०८१, आईतवार ०७:०९

हेटौंडा । थाहानगरको खेलकुद विकासमा नगरपालिका प्रतिवद्ध रहेको थाहानगरपालिकाका मेयर विष्णुबहादुर विष्टले बताए ।
शनिबार बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानले आयोजना गरेको मकवानपुर जिल्लास्तरीय भलिबलको फाइनल खेल पश्चात् विजेता टोलीलाई शुभकामना र बधाई दिँदै प्रमुख विष्टले खेलकुद अनुशासन र लगनशिलताको मुख्य आधार भएको बताए ।

प्रतियोगितामा साविक बिजेता मंगलेश्वर युवा क्लबले आयोजक विनयबाबु स्मृति प्रतिष्ठानलाई ३–२ सेटमा पराजित गरि उपाधि चुमेको छ ।
बिहिबारदेखि सुरु भएको सातौ संस्करणको प्रतियोगितामा विजेता मंगलेश्वर युवा क्लबले नगद ५५ हजार पाँच सय पचपन्न, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

त्यस्तै उपबिजेता आयोजक विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानले नगद २८ हजार आठ सय अठासी, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

मकवानपुर जिल्लाका १७ टिमको सहभागिता रहेको प्रतियोगिताको उत्कृष्ट खेलाडी बलराम सुवेदी, उत्कृष्ट ब्लकर सुजल कार्की, उत्कृष्ट स्पाईकर रमेश तामाङ, उत्कृष्ट प्रशिक्षक योगबहादुर सिन्तान, उत्कृष्ट सेटर उत्सव आलेमगर, उदयमान खेलाडी किसन थापा घोषित भए ।
बिधागत उत्कृष्ट खेलाडीहरुले नगद सहित ट्रफी, प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिता प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीको अध्यक्षतामा भएको थियो । समापन समारोहमा थाहानगरपालिका वडा नं. २ का अध्यक्ष बमबहादुर सिन्तान वडा नं। ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, नेकपा एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, थाहा नगर खेलकुद विकास समितिका सदस्य सचिव अनिल लामिछाने,पालुङ जेसीज बर्ष २०२४का अध्यक्ष निरज रायमाझी, जनकल्याण माबिका प्रधानाध्यापक सानोभाइ कार्की, प्रतिष्ठानका संस्थापक विनयबाबुका पिता बिष्णुबहादुर बस्नेत लगायतको आतिथ्यता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु