भारतलाई टाइब्रेकरमा हराउँदै नेपाल फाइनलमा

बाइलाइन नेपाल
१२ कार्तिक २०८१, सोमबार ११:५६

साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा ४-२ ले हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।

निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट भएको थियो । ट्राइब्रेकरमा नेपालका सावित्रा भण्डारी, गीता रानामगर, सविता रानामगर र अमिसा कार्की चारै जनाले गोल गरे ।

सुरुमा पेनाल्टी प्रहार गरेकी भारतकी कप्तान आशालतादेवीको प्रहार बारमा लागेर बाहिर गयो भने रञ्जना चानुको प्रहार नेपाली गोलकिपर अञ्जना रानामगरले बचाइन् ।

नेपालले पेनाल्टीसुटआउटलाई ध्यानमा राख्दै नियकित गोलकिपर तथा कप्तान एन्जिला तुम्बापोको स्थानमा अन्जना राना मगरलाई खेलको अन्त्त्यतिर मैदान पठाएको थियो । अन्जनाले एक पेनाल्टी रोकेर जितको नायक बनिन् ।

नेपालले अब उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । आइतबार नै बंगलादेशले भुटानलाई ७-१ ले हराउँदै फाइनल प्रवेश गरेको हो । यसअघि सन् २०२२ मा काठमाडौंमै भएको साफ वुमन्स च्याम्पियनसिपमा पनि यी दुई टोली भिडेका थिए । जहाँ नेपाललाई हराएर बंगलादेश पहिफो पटक च्याम्पियन बनेको थियो ।

नेपालले लगातार दोस्रो पटक साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई पराजित गरेको हो । यसअघि सन् २०२२ मा काठमाडौंमै भएको छैटौं संस्करणमा पनि नेपालले भारतलाई सेमिफाइनलमै हराएको थियो । यस्तै खेल जितपछि नेपालले भारत विरुद्ध अपराजित यात्रा ४ खेल सम्म पुर्‍याएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*