थाहामा प्लाष्टिकका फूलमाला बिक्री र प्रयोगमा रोक

बाइलाइन नेपाल
१० कार्तिक २०८१, शनिबार ०७:४९

हेटौँडा । मकवानपुरको थाहा नगरपालिकाले तिहारमा प्लाष्टिक तथा प्लाष्टिकका फूलमाला बिक्री वितरण एवं प्रयोगमा रोक लगाएको छ । पर्यटकीय नगरको रुपमा परिचित थाहा नगरपालिकाले प्लाष्टिक तथा प्लाष्टिकका फूलमाला बिक्री वितरण एवं प्रयोग नगर्न नगरबासीलाई अनुरोध गरेको छ ।

‘खेतबारीमा नै फूल प्रशस्तै फूलेका छन्, प्रकृतिको उपहारको रुपमा रहेको फूललाई प्रयोग नगरी बातावरणमैत्री नहुने प्लाष्टिकका फूल बिक्री वितरणसहित प्रयोग नगर्न नगरवासीसमक्ष अनुरोध गरेका छौँ, मेयर विष्णु विष्टले भने ।

नगरपालिकाले बिहीबार जारी भएको सूचनामा सफा शहर बनाउन हरेक व्यक्तिको कर्तव्य रहेको व्यहोरा अनुरोध गर्दै आयातित प्लाष्टिकका फूलमाला प्रयोगबाट प्राकृतिक सौन्दर्यतामा असर हुनुका साथै प्रयोगपश्चात सार्वजनिक स्थान, सडक, नदीमा फाल्ने जलाउने गर्दा वायू प्रदुषण भई मानव स्वास्थ्यमा (मुटु, फोक्सो, आँखा) समेत असर हुने भएकोले त्यस्ता सामाग्री बिक्री वितरण तथा प्रयोग नगर्न अनुरोध गरिएको छ । यदि त्यसरी कसैले उपयोग गरेको पाइएमा कानूनबमोजिम कारबाही हुने समेत नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु