हेटौँडामा करेन्ट लागेर २ बालिकाको मृत्यु

बाइलाइन नेपाल
२६ आश्विन २०८१, शनिबार १९:३०

मकवानपुरमा करेन्ट लागेर २ बालिकाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१६ मा हिँडिरहेको अवस्थामा करेन्ट लागेर २ बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बारा निजगढ नगरपालिका-१ बस्ने वर्ष ९ की र हेटौडा- १६ बस्ने वर्ष ७ की बालिका रहेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार असोज २६ गते दिउँसो १:०० बजेको समयमा हेटौडा- १६ चिसापानीबाट २०० मि. पश्चिम दक्षिण पर्ने कबर्ड हलको छेउमा ती बालिकाहरूलाई करेन्ट लागेको थियो ।

सो स्थानमा रहेको विद्युत्को ११ के.भी. पिन इन्सुलेटर भाँचिएर नजिकै रहेको फलामको पोलमा सर्ट भई पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भएको थियो ।

बालिकाहरू सोही स्थानमा हिँड्ने क्रममा पानीमा टेक्न पुग्दा करेन्ट लागी बेहोस भएका थिए । करेन्ट लागेर घाइते भएका दुवै बालिकालाई उपचारको लागी हेटौडा अस्पताल पठाइएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*