अनेरास्ववियु क्रान्तिकारी मकवानपुरद्वारा खेलाडीको सम्झनामा दीप प्रज्वलन

बाइलाइन नेपाल
१८ आश्विन २०८१, शुक्रबार १९:५३

हेटौंडा । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुरले शुक्रबार पहिरोमा परी निधन भएका खेलाडीहरुको सम्झनामा दीप प्रज्वलन गरेको छ । नेकपा माओवादी केन्द्र मकवानपुरको कार्यालय गर्दोइमा खेलाडीहरुको सम्झनामा दीप प्रज्वलन गरिएको हो ।

असोज १२ गते पहिरोमा परि मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका सिस्नेरीमा ६ जना फुटबल खेलाडीले ज्यान गुमाएका थिए । स्थानीय वत्सलादेवी माविमा रहेको नेपाल फुटबल संघ (एन्फा) ले सञ्चालन गरेको १४ वर्ष मुनीका खेलाडीहरुलाई प्रशिक्षण दिने एकेडेमीमा रहेका ४० जना मध्ये ६ जनाले ज्यान गुमाएका थिए । सिस्नेरी खेलामा बाढी आएपछि सुरक्षित स्थानमा जाने क्रममा उनिहरु पहिरोमा परेको भनिएको छ ।

राष्ट्रिय खेलाडी बनेर देशको प्रतिनिधित्व गर्ने सपनाका साथ प्रशिक्षण गरिरहेका ६ जना खेलाडीले ज्यान गुुमाएपछि उनिहरुको सम्झनामा अनेरास्ववियु क्रान्तिकारी श्रद्धाञ्जलीसहित दीप प्रज्वलन गरेको जिल्ला अध्यक्ष वुद्धराज अर्यालले बताए । दीप प्रज्वलनमा नेकपा माओवादी केन्द्र मकवानपुरका सचिव वीरबहादुर घलान ज्वाला, हेटौंडा नगर अध्यक्ष तीर्थ थापामगरसहित प्रेस सेन्टर, बाईसिएल, महिला सगठनलगायतकाको सहभागिता रहेको थियो ।

कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य राजेन्द्र मोक्तानले एन्फा र राज्यको लापरबाहीका कारण खेलाडी बालकहरुले ज्यान गुमाउनु परेको बताए । उनले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने उल्लेख गरे ।

घटनामा मकवानपुरका अनुपम घलान, साईमान योञ्जन र दिवस बानियाँले ज्यान गुमाएका थिए । साथै सर्लाहीका आदित्य बलम्पाखी, काठमाडौंका प्रियान्स आचार्य र निजगढका बिकल रेग्मी थिए । घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाहीको माग भएपनि सरकार तथा एन्फाको तर्फबाट घटनाको छानबिन प्रक्रिया अघि बढाइएको छैन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु