साहित्यकार घिमिरे र खरेललाई बुढ्यौलीले सम्मानित गर्ने

बाइलाइन नेपाल
१६ आश्विन २०८१, बुधबार ०८:०६

हेटौंडा । बुढ्यौली साहित्य समाज मकवानपुरले  तुल्सी थापा स्मृति सम्मान–२०८१ बुढ्यौली तथा स्याहार शिक्षाका लेखक तथा सिस्नुपानी नेपालका सदस्य झापा निवासी देवीप्रसाद घिमिरेलाई र  तोयानाथ रिजाल स्मृति सम्मान– २०८१  मकवानपुर निवासी साहित्यकार तथा साहित्यिक पत्रकार देवराज खरेललाई प्रदान गर्ने भएको छ।

समाज मकवानपुरको बैठकले घिमिरे र खरेललाई सम्मान समर्पण गर्ने निर्णय गरेको जनाएको छ । तुल्सी थापा स्मृति सम्मानको राशी २५ हजार र तोयानाथ रिजाल स्मृति सम्मान २० हजार नगदसहित सम्मानपत्र रहेको छ। सम्मान समाजको वार्षिकोत्सवको अवसरमा प्रदान गरिने समाजका अध्यक्ष आरसी रिजालले जानकारी दिए ।

उक्त सम्मान तथा पुरस्कार गतबर्ष प्राडा मुकेशकुमार चालिसे र माधव भण्डारी रश्मीलाई समर्पण गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*