म्याराथन खेलाडीलाई हेटौंडा उपमहानगरको बिदाई

बाइलाइन नेपाल
११ आश्विन २०८१, शुक्रबार ०७:२९

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको प्रतिनिधित्व गर्दै काठमाडौंमा हुने म्याराथन प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई बिदाई गरिएको छ ।

असोज १२ गते काठमाडौंमा हुने १६ औं एनआरएस स्पोट्स फाउण्डेसनको अयोजनामा हुने राष्ट्रिय म्याराथन सहभागि हुने २० जना खेलाडीहरुलाई हेटौंडा उपमहानगरपालिकाले बिदाई गरेको हो । बिहीवार कार्यालयमा आयोजित बिदाई कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले खादा लगाउँदै शुभकामना दिएका थिए ।

उपमहानगरका विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्र्थी मध्येबाट २० जनलाई प्रतियोगितामा प्रतिस्पर्धा गर्नका लागि छनौंट गरेको एथ्लेटिक्स संघ मकवानपुरका सचिव राजाराम पोखरेलले जानकारी दिए । विभिन्न विद्यालयमा अध्यापन गर्ने ४५ विद्यार्थी मध्य छनौंटमा परेकालाई हेटौंडामा तीन महिना क्लोज क्याम्पमा राखेर प्रशिक्षण दिएपश्चात प्रतियोगितामा सहभागी हुनका लागि पठाउन लागिएको हो ।

प्रतियोगितामा सहभागी हुने खेलाडीले हेटौंडा उपमहानगरपालिकाको प्रतिनिधित्व गर्ने छन् । बिदाई कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका विज्ञ सल्लाहकार कृष्णप्रसाद धिताल, नगर खेलकुद बिकास समितिका अध्यक्ष रविन्द्र घिमिरे, सदस्य विजय गौतमको उपस्थिति रहेको थियो । हेटौंडाबाट प्रतियोगितामा सहभागिता जनाउनका लागि गएका खेलाडीहरुले ३ किलोमिटर र ५ किलोमिटर दौंडमा प्रतिस्पर्धा गर्ने छन् । सहभागी हुने खेलाडीहरु हेटौंडाका विभिन्न विद्यालयमा अध्ययनरत् रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*