मकवानपुर र चितवनका कंक्रिट व्यवसायीलाई तालिम

बाइलाइन नेपाल
१० आश्विन २०८१, बिहीबार ०९:३७

हेटौंडा । उर्जा मैत्री भवन निर्माणमा स्थानिय सरकारसँग समन्वय गर्दै काम थालेको बिन (बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल) परियोजनाले हेटौंडामा काम सुरु गरेको छ ।

स्थानिय पालिकाहरुसँगको साझेदारीसँगै परियोजनाले मकवानपुर र चितवनमा रहेर कंक्रिटका सामान उत्पादन गर्ने निर्माण व्यवसायीहरुका लागि तिन दिने तालिम सञ्चालन गरेको हो । हेटौंडा उपमहानगरपालिकासँगको समन्वयमा सोबारदेखि सञ्चालन भएको तालिममा परियोजनाले निर्माण व्यवसायीलाई हलुका र बाताबरण अनुकुलिन सामग्री निर्माण, बलियो र उर्जा खपत हुने सामग्रीसँगै कसरी आक्रर्षक सामग्री बनाउँने बारे जानकारी सहितको तालिम सञ्चालन गरिएको हो ।

बुधबार हेटौंडा उपमहानगरपालिकका नगर प्रमुख मीनाकुमारी लामाले तालिमाको समापन गरेकी हुन् । तालिमको समापन गर्दै नगर प्रमुख लामाले कसरी समय अनुसारको सामग्री उत्पादनमा ध्यान दिन आग्रह गरीन् । हामिले घर निर्माण एक पटक गछौैं त्यहाँ प्रयोग हुने सामग्री कस्तो हुनु पर्ने भन्ने जानकारी नहँुदा समस्या पर्ने गरेको उनले बताइन् । घर वा पुर्वाधार निर्माणको क्रममा प्रयोग भएका सामग्रीको अवस्थालाई मध्यनजर गर्दै सामग्रीहरु उत्पादन गर्न व्यवसायीहरुलाई सुझाब दिइन् । उनले वातावरण रस्वास्थ्यका दृष्टिकोणमा उर्जा मैत्री भवन निर्माण गर्नु राम्रो हुने बताइन् ।

तालिम समापनमा हेटौंडा उपमहानगरपालिकाका भवन इजाजत शाखाका प्रमुख इन्जिनियर उद्धब रिमालले भवन निर्माण उर्जा मैत्री प्रभावकारी भवन निर्माण गर्ने भनेर सम्झौता भएको र सोही अनुसार उपमहाननगर अघि बढेको बताए । उपमहानगरले उर्जा प्रभाबकारी भवन निर्माण स्बिकृती सम्बन्धी कार्यबिधी–२०८१ पारीत गरेर अघि बढ्ने तयारी गरेको जानकारी दिए । कार्यबिधी लागु भएको एक बर्षको अवधिमा उर्जा प्रभाबकारी भवन निर्माण स्विकृतका लागि आउँनेका लागि ५० प्रतिशत सम्म छुटको व्यवस्था रहेको जानकारी दिए ।

तालिममा चितवन व्लक उद्योगका अध्यक्ष इश्वरीप्रसाद रिजालले भवन निर्माणका क्रममा अहिले सम्म प्रयोग भएका सामग्री समय अनुसार नभएको बारे जानकारी पाएको बताए । उनले अब बाताबरण अनुकुलका सामग्री उत्पादन र प्रयोगमा लाग्नका लागि जानकारी लिएको बताए । उनले कसरी बलियो र कम उर्जा खपत गरि सामाग्री निर्माण गर्ने भन्ने विषयमा जानकारी पाएको र भोलीका दिनमा कंक्रिट हलो व्लक उत्पादनको बारे बुझेको बताए ।

बिन परियोजना हेटौंडाका अस्मिता श्रेष्ठको अध्यक्षतामा भएको तालिम समापनमा इन्जिनियर सन्तोष रानाले सहजिकरण गरेका थिए । तालिममा चितवनका भरतपुर, रत्नगर, मकवानपुरको हेटौंडा, मनहरी र जितपुर सिमराका कंक्रिट व्यवसायी गरी १७ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*