एमाले मकवानपुरको सल्लाहकार कमिटी अध्यक्षमा हुमागाई

बाइलाइन नेपाल
१० भाद्र २०८१, सोमबार ०७:२८

हेटौंडा ।  नेकपा एमाले मकवानपुरको जिल्ला सल्लाहकार कमिटी अध्यक्षमा बलराम हुमागाई चयन भएका छन् । मकवानपुरगढी निवासी हुमागाईलाई शनिवार भएको सल्लाहकार कमिटीको बैठकले अध्यक्षमा चयन गरेको पार्टी अध्यक्ष श्रीधर पोख्रेलले जानकारी दिए ।

सल्लाहकार कमिटी अध्यक्षमा उनको दोस्रो कार्यकाल हो । हुमागाई मकवानपुरमा कम्युनिष्टको जग बसाल्ने नेतृत्वमध्येका एक हुन् । पञ्चायत कालिन समयमा कम्युनिष्ट आन्दोलनको अग्रमोर्चामा सहभागी हुमागाईलाई जिल्लामा सम्मानित नेताका रुपमा लिने गरिन्छ ।

मकवानपुरगढी गाउँपालिकामा नेकपा एमालेको जग बसाल्ने हुमागाई हुन् । पार्टीले मकवानपुरगढीमा पहिलो पटक सम्पर्क गरेको नेता पनि हुमागाई हुन् । उनकै नेतृत्वमा गढीमा एमाले विस्तार भएको थियो ।

यस्तै, एमाले जिल्ला सल्लाहकार कमिटी सचिवमा चेतनाथ खतिवडा चयन भएका छन् । अध्यक्ष हुमागाई र सचिव खतिवडाले शनिवार एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ लिए ।

यसैगरी, ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठकबाट बनमाली सुवेदी अध्यक्ष, चन्द्रकान्ता श्रेष्ठ सचिव चयन भएको पार्टी अध्यक्ष पोख्रेलले जानकारी दिए । पार्टी जिल्ला अध्यक्ष पोखरेलको अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्यसमेत रहेका जिल्ला ईञ्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा सपथ ग्रहण कार्यक्रम भएको हो ।

मकवानपुरमा कम्युनिष्टको जग बसाल्ने, अग्रज नेताहरुको सल्लाह र युवाहरुको साथमा पार्टीलाई गतिशील ढंगले अगाडि बढाउने पार्टी जिल्ला अध्यक्ष पोख्रेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*