समाज रुपान्तरणमा सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण : कुमारी मोक्तान

राजकुमार केसी
५ श्रावण २०८१, शनिबार १६:१७

मकवानपुर/ नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्री कुमारी मोक्तानले समाज रुपान्तरणका लागि सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण हुने बताइन् ।

शनिवार हेटौडामा सम्पन्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी) मकवानपुर जिल्ला कमिटी अन्तरगतको जिल्ला प्राविधिक कमिटीको प्रथम भेलाको अवसरमा प्रमुख अतिथिको मन्तब्यको क्रममा मन्त्री मोक्तानले अबको क्रान्ति बिज्ञान र प्रविधिमा आधारित हुनुपर्ने बताइन् ।

भेलामा विशेष अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज बिजय गौतमले उन्नत बिचार समाजमा स्थापित गर्नको लागि सूचना प्रविधिको सहि उपयोग गर्नुपर्ने बताए ।  नेकपा माओवादी केन्द्र मकवानपुर संयोजक भीम पाख्रिनले वर्तमान युगमा सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण भएको बताए।

भेलामा अनुसन्धानमुलक प्राविधिक शिक्षा र शैक्षिक बेरोजगारी अन्त्यका निम्ति, प्राबिधिक बिभाग भन्ने सिद्धान्त अनुरुप अखिल क्रान्तिकारी मकवानपुरले प्राविधिक बिभाग गठन गरिएको जिल्ला अध्यक्ष बुद्धराज अर्यालले बताए ।

प्राविधिक बिभागको प्रथम भेलाले निर्मल तिमल्सिनाको अध्यक्षतामा ४ सदस्य मनोनित गर्ने गरि १५ सदस्यीय प्राविधिक बिभाग गठन गरेको
छ । बिभागको सचिवमा सुशान्त कोइराला चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा निलम पाख्रिन, सुमन श्रेष्ठ, आर्यन सिंह, अनुप थोकर, मनिष बलामी, प्रमिनगोपाल श्रेष्ठ, किशोर बम्जन, मनोज रसाईली चयन भएकाछन् ।

भेलामा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सचिवालय सदस्य एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, प्रदेश कमिटी सचिवालय सदस्य एवम् मकवानपुर सचिव बीरबहादुर घलान(ज्वाला), प्रदेश कमिटी सचिवालय सदस्य एवम् बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, हेटौंडा उपमहानगर कमिटी अध्यक्ष तीर्थबहादुर थापामगर, अखिल (क्रान्तिकारी) अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य राजेन्द्र मोक्तान, बागमती प्रदेश कमिटी सचिव रामकृष्ण शिवाकोटीलगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*