वासुदेव–भानु स्मृति साहित्य सम्मानबाट दीपक गौतम सम्मानित

बाइलाइन नेपाल
२९ असार २०८१, शुक्रबार २०:४२

हेटौंडा । बासुदेव रिजाल स्मृति प्रतिष्ठान हेटौंडाले साहित्यकार दीपक गौतमलाई सम्मान गरेको छ । आदिकवि भानुुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवसरमा मकवानपुरगढी गाउँपालिका–३ भानु माविमा आयोजित बासुदेव–भानु स्मृति साहित्य सम्मान, कविता प्रतियोगिता तथा रचना वाचन कार्यक्रममा साहित्यकार गौतमलाई बासुदेव–भानु स्मृति साहित्य सम्मान–२०८१ बाट सम्मानित गरिएको हो ।

नेपाली भाषा साहित्यमा पुु¥याएको योगदानको मूल्याङ्न गर्दै उनलाई सम्मानित गरिएको जनाइएको छ । साहित्यकार गौतमलाई सम्मानपत्रका साथ नगद १५ हजार रुपैयाँ प्रदान गरिएको थियो । साहित्यकार गौतमलाई विशेषतःनेपाली भाषा, साहित्यको क्षेत्रमा नवपुस्तालाई जोड्न पु¥र्याएको योगदानको मूल्याङ्कन गर्दै सम्मान गरिएको सम्मानपत्रमा उल्लेख छ ।

यसअघि यो सम्मानबाट रामचन्द्र आचार्य (फुर्सदी), पुुरुषोत्तम आचार्य, प्रभा भट्टराई, श्यामकुमार बानियाँ, नरेन्द्र परासर, मुुना अर्याल, निमेष निखिल, जनार्दन खनाल, ठाकुुर शर्मा र सुनिल गौतम सम्मानित भईसकेका छन् ।

कार्यक्रममा भानु माविमा अध्ययनरत विद्यार्थी बीच कविता प्रतियोगिता आयोजना गरिएको थियो । विद्यार्थीबाट प्राप्त २५ कविता मध्ये १० वटा कवितालाई प्रतियोगितामा सहभागी गराईएको थियो । जसमध्ये श्रीया फूयाँल, सुनमाया ब्लोन र अनुश्री अधिकारीको कविता उत्कृष्ट भएका थिए । उनिहरुले प्रमाणपत्र र जनही दुई हजार प्राप्त गरेका थिए ।

यसैगरी प्रतियोगितामा अनुष्का दाहाल र स्वराज सापकोटाले सान्त्वना प्राप्त गरेका थिए । उनिहरुले जनही पाँच सय र प्रमाणपत्र हात पारेका थिए । प्रतियोगिताको निर्णायकमा साहित्यकार सुवास सजल, शिवराज शाही रहेका थिए । प्रतियोगितामा सहभागी अन्य विद्यार्थीलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिष्ठानका कोषाध्यक्ष अञ्जना उपाध्याय रिजालको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भानुु मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिलप्रसाद चौलागाईं रहेका थिए । विद्यालय प्राङ्गणमा रहेको आदिकवि भानुभक्त आचार्यको प्रतिमामा माल्र्यार्पण गरेर सुरु भएको कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका शिक्षिका सन्तोषी नगरकोटीले गरेकी थिइन् ।

साहित्यकार अनिता न्यौपानले सहजीकरण गरेको कार्यक्रममा साहित्यकार देवराज खरेलले आदिकवि भानुुभक्त र बासुुदेव रिजालको व्यक्तित्वका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा सिस्नुुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, पत्रकार महासंघ मकवानपुरका कार्यवाहक अध्यक्ष ध्रुव अधिकारी, विद्यालयका प्रधानाध्यापक राजेन्द्र थापाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा समानित व्यक्ति दीपक गौतम, साहित्यकार राजकुमार लामिछाने, अनिता न्यौपाने, सुवास सजल, शिक्षिका सन्तोषी नगरकोटीले अप्रतियोगी कविता वाचन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*